तमानखोला गाउॅपालिकामा माओवादी केन्द्रको भेला सम्पन्न !

थम्मन थापा सन्देश, बुर्तिवाङ २०७४ भदौ १९ । नेकपा माओवादी केन्द्र बागलुङको संगठन सुदृढिकरण, बैठक तथा प्रशिक्षण कार्यक्रम अन्तरगत जिल्लाको तमानखोला गाउॅपालिकामा भेला सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा बागलुङका ईन्चार्ज फमलाल निउरेले देश अहिले माओवादीकै एजेन्डामा अगाडि बढिसकेको भएता पनि माओवादीले जनता माझ स्पष्ट कुरा राख्न नसक्दा स्थानिय तहमा अपेक्षा गरे अनुसारको नतिजा नआएको बताउदै जनताको पक्षमा वास्तविक कुरा कसले बोलेको छ जनताले बुझनु पर्ने बेला आएको समेत बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक ज्ञामनाथ गैरे ९अनिल० , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला कार्यालय सचिव चन्द्र बहादुर थापा ९शिखर०, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य कुशुम बुढा र नेपाल दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य लाल बहादुर परियारले प्रशिक्षण मन्तव्य दिएका थिए ।
सो अवसरमा विभिन्न जनवर्गीय संगठनको समिति गठन गरिएको छ । जस अन्तरगत सुर्य श्रीपालीको संयोजकत्वमा ११ सदस्यीय नेकपा माओवादी केन्द्र तमानखोला जनपरिषद, नारायण सुनारको संयोजकत्वमा ११ सदस्यीय वाई सि यल, ओम बहादुर श्रीपालीको संयोजकत्वमा ११ सदस्यीय दलित मुक्ति मोर्चा, लिलमाया विश्वकर्माको संयोजकत्वमा १३ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी, सरिता गोतामेको संयोजकत्वमा ३ सदस्यीय प्रेस सेन्टर नेपाल, मोतिलाल घर्तीको संयोजकत्वमा ९ सदस्यीय मगर मुक्ति मोर्चा र कृष्ण गिरीको संयोजकत्वमा ३ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठन गठन गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्र तमानखोला गाउॅपालिका ईन्चार्ज देव बहादुर पुनको अध्यक्षता र सचिव निल बहादुर धमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *