मृगौला पीडित छोराको ज्यान बचाई दिन बृद्ध बाबुको अपील

मिनु बीसी, बुर्तिवाङ २०७४ भदौ १९ । तमानखोला गाउपालिका- ५, साविक खुंखानी गाविसको खुङखानीका मनबहादुर हर्मेल बुढेसकालमा बिदेश रोजगारीमा गएर कमाई ल्याउने छोराको दुबै मृगौलाले काम गर्न छोडपछी चिन्तामा छन् । घरको आर्थिक अवस्था नाजुक भएका हर्मेलले आफनो ३१ वर्षिय छोरा कृष्ण प्रसाद हर्मेलको मृगौलाले काम गर्न छोडेपछी छोराको उपचार गराउन नसक्ने स्थितिमा पुगेका छन् ।

मृगौला पीडित कृष्ण प्रसाद हर्मेल साउदी अरबको अल्मराई कम्पनिमा ३ वर्ष जति काम गरेर १० महिना पहिले स्वदेश फर्किएका थिए । स्वदेश फिरे लगत्ते बाबु मनबहादुरले छोराको काठमाडौँ स्थित बयोदा अस्पतालमा भर्ना गरी उपचार गराई रहेका छन् । काठमाडौँमा उपचार गराउदा नै घरको सम्पति सबै सकिएको र हाल डाक्टरले छोराको मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएपछी उनि थप चिन्तामा परेका हुन् ।

बाबु मनबहादुरले छोराको मृगौला प्रत्यारोपण गर्न चाहिने लाखौँ रकम जुटाउन सक्ने अवस्था नभएपछी सबै इष्टमित्र, मान्यजन, देश विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरु एवं अन्य सहयोगीहरु संग आर्थिक सहयोगको अपील गर्दै छोराको ज्यान बचाई दिन आग्रह गरेका छन् ।

‘अलिअलि भएको घरको श्रीसम्पतिपनि उपचारमै सकियो, मृगौला प्रत्यारोपणका लागि चाहिने रकम जोरजाम गर्न सक्ने अवस्था नरहेकाले यहाँहरु सबैको सहयोग भएमा छोराको ज्यान बाँच्न आशाले सबैसंग हार्दिक अपील गरेको छु’- उनले भने ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *