नेपालको इतिहासमै पहिलो पटक ८८ केजी सुन बरामद !

बागलुङ २०७४ भदौ १९ । प्रहरीले सोमबार विहान काठमाडौँको क्षेत्रपाटीमा रोकी राखेको गाडीबाट ८८ केजी सुन बरामद गरेको छ । प्रहरीले यति धेरै मात्रामा अवैध सुन बरामद गरेको नेपालको इतिहासमै यो पहिलो घटना हो ।

प्रहरीले यस अघी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिरी मुलुकबाट ल्याईदै गरेको ३५ केजी सुन बरामद गरेको थियो । राति २ बजे काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेर राखेको बा १७ च ६४२७ नम्बरको टाटा सफारीबाट ८८ केजी सुन बरामद भएको थियो ।

प्रहरी श्रोतका अनुसार बरामद सुन केरुङ नाकाबाट भित्रिएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएर यस सम्वन्धमा थप अनुसन्धान भैरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *