निसीको झिवाखोलामा एक हप्ते उद्घोषण एवं पत्रकारिता तालिम !

कुम्बिर बिश्वकर्मा, बुर्तिवाङ ०७३ भदौ १९। निसी जनजागरण युवा क्लब द्दारा निसीखोला गाउपालिका वडा नम्बर- ४ झिवाखोलामा भदौ २९ गते देखि असोज ४ गते सम्म एक हप्ते उद्घोषण एवम् पत्रकारिता तालिम सन्चालन गरिने भएको छ ।

उक्त तालिममा प्रबेश शुल्क रु। ५०० रहेको छ।उक्त तालिममा आधारभुत पत्रकारिता सम्बन्धि विभिन्न अनुभवी पत्रकारहरु द्दारा प्रशिक्षक दिइने निसी जनजागरण युवा क्लबका अध्यक्ष लछुमन छन्त्यालले बताए । प्रशिक्षकहरु रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनार, प्रगतिशील पत्रकार महासङ्घ बागलुङका अध्यक्ष एवम् रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी, नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीष ,पत्रकार प्रसान्त घर्ती मगर, फोटोग्राफर किरन आचार्यले उक्त तालिममा प्रशिक्षण दिने बताइएको छ।

साथै उक्त तालिम सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङ र नेपाल पत्रकार महासङ्घको सहजीकरण रहेको छ। तालिमम फर्म भर्न झिवाखोलाको लागि मिलन हमाल र निसीको लागि राजकुमार बिश्वकर्मा एवम् रेडियो परिवर्तन र निसी जनजागरण युवा क्लबमा समेत भर्ने सकिने क्लबले बताइएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *