नाच्ने डाॅडा संरक्षण समाज मल्मको तीज कार्यक्रम समिक्षा बैठक सम्पन्न

थम्मन थापा सन्देश, गल्कोट २०७४ भदौ १८ । नाच्ने डाॅडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्मको तीज कार्यक्रम समिक्षा बैठक भएको छ । बैठकले महिलाहरुको महान पर्व हरितालिका तीज २०७४ को अवसरमा गत भदौ ८ गते समाज द्वारा आयोजित बृहत तीज कार्यक्रम भव्य एवं सभ्य रुपमा सम्पन्न भएको निष्कर्ष गरेको छ । साथै आगामी दिनमा संस्थालाई समय सापेक्ष अगाडी बढाउदै थप परिमार्जन गर्दै लैजाने निर्णय गरिएको बताईएको छ ।

सो अवसरमा बृहत तीज कार्यक्रम २०७४ मा रु १ लाख ७८ हजार ४ सय ५ आम्दानी र रु १ लाख ५ हजार ९ सय ५ खर्च भएको र यस वर्ष अक्षयकोष रु १९ हजार १०५ स्थापना भएको आर्थिक विवरण कोषाध्यक्ष घनश्याम थापाले जानकारी गराएका थिए । संस्थाका कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकार, समाजसेवीको उपस्थिती रहेको समिक्षा कार्यक्रम नाच्ने डाॅडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष कोपिला खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *