अधिकारीचौरको स्वास्थ्य चौकीमा झाडापखालाका बिरामीहरुको चाप

बुर्तिवाङ २०७४ भदौ १८ । स्वास्थ्य चौकी अधिकारीचौरमा झाडापखालाका बिरामीहरुको चाप बढेको छ । ढोरपाटन नगरपालिका—५, सहिखोलामा रहेको उक्त स्वास्थ्य चौकीमा आउने बिरामीहरुमध्ये ७० प्रतिशत झाडापखलाका भएको स्वास्थ्य चौकी प्रमुख कल्पना घर्तिमगरले बताईन् ।

प्रमुख कल्पना घर्तिमगरका अनुसार स्वास्थ्य चौकीमा दैनिक २० देखि ३० जनासम्म बिरामीहरु आउने गरेका छन् । ती मध्ये धेरैजसोमा झाडापखलाको संक्रमण देखिने गरेको छ । कतिपय बिरामीहरुमा झाडापखलाको कडा संक्रमण देखिने गरेकाले एकै जना बिरामी ४÷५ पटक सम्म पनि आउने गरेको उनको भनाई छ । संक्रमणका कारण साना बालबालिकाहरु र बृद्धबृद्धाहरुमा थप समस्या देखिन सक्ने भएकोले सजग हुन उनले आग्रह गरेकी छन् ।

बर्खाको समय भएकाले दुषित पिउने पानीको कारण झाडापखलाको संक्रमण बढेको सिनियर अहेब ललितकुमार यादवले बताए । केही समय पहिले औषधिको अभाव भएकोले उपचारमा समस्या भएपनि अहिले प्रयाप्त रुपमा औषधिको आपुर्ति भैसकेको कारण उपचारमा सहजता आएको यादवको भनाई छ । झाडापखलाको लागि बच्न पानी उमालेर वा शुद्धिकरण गरेर पिउनुपर्ने, बासीसडेगलेको खानेकुराहरु नखाने, खाना खानुभन्दा अगाडि तथा शौचालय गइसकेपछि साबुनपानीले राम्ररी हात धुनुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *