सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती

डम्मर बुढा मगर, बुर्तिबाङ २०७४ भदौ १८ । मध्य पहाडी लोकमार्ग अन्तर्गतको बुर्तिबाङ निसी सडक खण्डको विभिन्न स्थानमा पहिरो जादा यात्रुहरुले सास्ती खेप्नु परेको छ। लामो वर्षाको कारण सडकको माथी बाट र तलतिरबाट पहिरो जादा सडक विभिन्न स्थानमा अवरुद्ध भएको छ । यति बेला उक्त सडक हिलाम्मे भएको छ ।

निसी भल्कोट देखि बुर्तिबाङ सम्म आउदा विभिन्न स्थानमा गाडी फेरेर आउनु पर्ने बध्यता रहेको छ । बुर्तिबाङदेखी साबिक बोहरागाउँ गा।वि।स को कानाबगर करिब १५ कि।मी र निसी करिब २५ कि।मी रहेको सडकमा अहिले ५र७ कि।मी सडक मात्र हिलाम्मे नभएको र अरु सडक सबै छिया छिया र हिलाम्मे भएको छ। अहिले यात्रुहरुले जुग्जाखोला र ढुँवाखोरको बीचमा पर्ने स्याँला बगरमा ठूलो पहिरो गएको हुँदा त्यस स्थानबाट गाडी फेरेर यात्रा गरिरहेका छन् ।
उक्त सडक खण्ड हिलाम्मे हुँदा निसीखोला गाउँपालिका का वडा नं ३, ४, ५, ६ का जानताहरुले बढी सास्ती खेप्नु परेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *