बिद्यामन्दिर पुस्तकालयमा साहित्यिक गोष्ठी सम्पन्न

कोपिला कंडेल, बागलुङ २०७४ भदौ १८ । बिद्यामन्दिर पुस्तकालय साहित्यिक उपसमितिको आयोजनामा शनिवार बिहान साहित्यिक गोष्ठी सम्पन्न भएको छ । पुस्तकालयले प्रत्येक महिनाको शनिबार संचालन गर्ने साहित्यिक कार्यक्रम अन्र्तगत गोष्ठी सम्पन्न गरेको हो ।

सो अवसरमा सहभागि दर्जन बढि सर्जकहरुले कबिता, गजल, गीत मुक्तक लगायतका सृजना बाचन गरेका थिए । श्रष्टाले सृजना मार्फत मुलकुमा उत्पन्न राजनितिक गतिरोध अन्त्यका लागि सबै ईमान्दार बन्नुपर्ने भन्दै साहित्य गतिशिल र परिवर्तनशील हुनुपर्नेमा जोड दिए ।
उनिहरुले समाजमा ब्याप्त कुरीति भ्रष्टाचार अनियमितता लगायतका बिभिन्न श्रङ्ग्गारिक बिधाका सृजना बाचन गरेका थिए ।

सो अवसरमा बोल्दै बागलुङ्ग नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुबेदीले साहित्यिक जागरण ल्याउनका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने बताए भने पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरिष, बिद्यामन्दिर पुस्तकालय बागलुङ्गका सचिव राम थापा अबिरल र मधुश्री साहित्य संजालका अध्यक्ष धनराज साप्कोटा जिज्ञासु लगायतले आआफ्नो मन्तब्य सहित सृजना बाचन गरेका थिए ।

सो अवसरमा सर्जकहरु राजेशचन्द्र साजभण्डारी,तारा शर्मा स्टार, कोपिला कंडेल, संगम घर्ति, गोबिन्द सुबेदी, याम रोका, सज्जन कुमार सिहं, भिम बहादुर परियार, बिक्रम सुनार, मंञ्जु केसी, नारायण पौडेल र सुप्रिया साप्कोटा लगायतले कबिता गजल गीत, मुक्तक लगायतका सृजना बाचन गरेका थिए ।

कार्यक्रम बिद्यामन्दिर पुस्तकालय बागलुङ्गका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, साहित्यीक उपसमितिका सदस्य कोपिला कंडेलको स्वागत मन्तब्य र संयोजक तारा शर्मा स्टारको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *