Menu

सरकारले पुरा गर्न नसकेका जनताका आवश्यकता सहकारीले पूरा गरेका छन् : सांसद शेरचन

सुमन जि.सी, बागलुङ २०७४ भदौ १७ । सांसद रत्ना शेरचनले सरकारले पुरा गर्न नसकेका जनताका आवश्यकताहरु सहकारी मार्फत परिपुर्ति भएको बताएकी छिन् ।

जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आठौं केन्द्रिय वार्षिक साधारण सभाका अवसरमा प्रमुख अतीथी शेरचनले यस्तो बताएकी हुन् ।

सहकारी संस्थाहरुले सरकार पुग्न नसकेको ग्रामीण ईलाकाहरुमा विपन्न वर्गमा रहेको पुँजीको परीचालन गरी त्यस क्षेत्रका जनताहरुलाई सम्पन्नता तर्फ अगाडि बढाएको उनको भनाई थियो । सहकारी संस्थाहरुले समाज रुपान्तरण देखि विपन्न वर्गमा रोजगारी सिर्जना, शेयर सदस्यहरुको नेतृत्व विकास, महिला सशक्तिकरण, पुँजीको परिचालन, सदस्यहरुको सुख दुःखमा साथ दिने जस्ता कार्यहरुमा समेत उल्लेखनीय भूमिका खेलेको साँसद शेरचनले उल्लेख गरिन् ।

सहकारीले यसका सिद्धान्त र मुल्य मान्यताहरुमा रहेको काम गर्नुपर्दछ भन्ने आफ्नो मान्यता रहेको र आफुपनी एक सहकारीकर्मी तथा संसदको अर्थ समितिको सदस्य समेत रहेको बताउदै संसदमा टेबुल भएको सहकारी ऐन पारीत भए पश्चात वर्तमान अवस्थामा सहकारीमा देखिएका समस्याहरु समाधान भई अभियानले नयाँ दिशा लिनेमा आफु आशावादी रहेको पनि उनले बताएकी थिईन ।

साधारण सभाका अवसरमा वोल्दै जनप्रतीनीधि एवं संस्थाका शेयर सदस्य जैमीनी नगरपालिकाका मेयर ईन्द्रराज पौडेल र निसीखोला गाउँपालीकाका अध्यक्ष तारानाथ पौडेलले स्थानीय तहको निर्वाचन भई राज्य पुर्नसंरचाना भईसकेको अहिलेको अवस्थामा स्थानीय निकायहरु सञ्चालनका लागि आवश्यक नीति नियम नबन्दा काम गर्न समस्या भईरहेको बताएका थिए । उनीहरुले आफ्नो क्षेत्रको आर्थिक समृद्धीका लागि सहकारीसंग सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका धर्म कुँवर, संस्थाका सल्लाहाकार हरिकृष्ण सुवेदी, बद्रीप्रसाद पैडेल, शकुन्तला शर्मा, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, युवा विद्यार्थीको तर्फवाट आशिका गौतम लगाएतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाको सदस्य सेवाकेन्द्र तित्याङका संयोजक कुमारप्रसाद उपाध्याय, विहुँका संयोजक चुडामणी कँडेल, हटियाका संयोजक रामवहादुर के.सी, बुर्तिवाङका संयोजक गण्डकी थापा अधिकारी, कुश्मिसेराका संयोजक कृष्णप्रसाद रिजाल र बाटाकाचौरका संयोजक मदनबहादुर कार्कीले आफ्नो सदस्य सेवाकेन्द्रलार्य २०२० सम्म कुन दिशामा अगाडि वढाउने भन्ने परिकलपना सभा समक्ष प्रस्तुत गरेका थिए ।

संस्थाले मिति २०७४ भाद्र ३ गते संस्थाको सदस्य सेवाकेन्द्र तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ, कुश्मिसेरा र बाटाकाचौरमा तथा भाद्र १३ गते बागलुङ बजारमा गरी ७ वटा क्षेत्रीय साधारण सभा सम्पन्न गरी व्यपाक छलफलबाट विभिन्न प्रस्तावहरु अनुमोदन र पारीतका लागि केन्द्रिय साधारण सभामा सिफारीस गरेका थिए ।

क्षेत्रीय साधारण सभाबाट आएका विषयहरुलाई निर्णयको रुपमा सार्वजानीक गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसी अव झिना मसिना कुराहरुमा अलमलीन नचाहेको भन्दै सिवाईसीको परिकल्पना स्पष्ट भएकाले संस्था वित्तीय कारोवार संगसंगै मानविय समवेदनाको प्रतीक बन्ने धारण व्यक्त गरे ।

साधारण सभाले ढुंगा, गिटी, इट्टा, टायल, मार्वल, लोड अनलोड जस्ता कार्यहरु गर्ने व्यक्तिहरुका लागि यस आर्थिक वर्षमा श्रमीकसंग सिवाईसी नामक कार्यक्रम सञ्चालन गरी १०० जना त्यस्ता व्यक्तिहरुलाई निर्माण व्यवसायीहरुको सहकार्यमा संस्थामा आवद्ध गराई बचत गर्ने वानीको विकास गरी उनीहरुको जीवनस्तर परिवर्तन गर्ने संकल्प प्रस्ताव समेत पारीत गरेको छ ।

साधारण सभाका अवसरमा संस्थाको शेयर पुँजी र शेयर सदस्य संख्याको अनुपातमा बचत रकम कम भएकाले अवको ३ वर्षमा ७ हजार खुत्रुके वितरण गर्ने रणनीतीका साथ आज १२ जना बाल बचतकर्ताहरुका लागि खुत्रुके वितरण गरेको छ । साथै संस्थामा शेयर सदस्य बन्नु भएका २४ जना नयाँ शेयर सदस्यहरुलाई साधारण सभाका अवसरमा स्वागत तथा सम्मान गरेको थियो ।

साधारण सभाले अविरल वर्षासंगै देशका विभिन्न ठाउँहरुमा आएको वाढि, पहिरो र डुवानमा परी नेपाली दाजु भाई तथा दिदीवहीनीहरुले अकालमा ज्यान गुमाउनु परेकोमा सिवाईसी साकोस परिवार अत्यन्त स्तव्ध तथा मर्माहत बनेको र यस दुःखद घडिमा स्वर्गिय आत्महरुको चीर शान्ति र कल्याण्को कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनहरु प्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाईते र घरवास गुमाएकाहरुलाई तत्काल राहत स्वास्थ्य उपचार र पुर्नवासका लागि नेपाल सरकारसंग हार्दिक अनुरोध गर्ने, संसदमा टेबुल भएको सहकारी ऐन छिटो भन्दा छिटो पारीत गर्न सरकारसंग अनुरोध गर्ने र बद्लिँदो वर्तमान परिस्थितिमा विभिन्न प्रकृति र उद्देश्यका प्रारम्भिक सहकारी संस्थाहरुलाई यथोचित रुपमा सहकारी ऐनले समेट्न नसक्ने भएकाले वचत तथा ऋण सहकारी संघ संस्थाहरुको परिचालनका लागि छुट्टै वित्तीय ऐनका लागि नेपाल सरकारसंग हार्दिक अनुराधे र जोडडार माग गर्ने समसामयीक प्रस्ताव पास गरेको छ ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा स्वागत उपाध्यक्ष गितादेवी रेग्मी र सञ्चालन सचिव रामवहादुर के.सी र सदस्य सेवाकेन्द्र बुर्तिवाङका संयोजक गण्डकी थापा अधिकारीले गर्नुभएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *