Menu

ढोरपाटन नगरपालिकाको नाथुरीमा आज जनप्रतिनिधी सम्मान – जनताको अपेक्षा पुरा गर्ने नगरप्रमुख नेपालीको प्रतिवद्धता

खेमराज अर्याल, बुर्तिबाङ २०७४ भदौ १७ । वैसाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानिय तहको निर्वाचनबाट ढोरपाटन नगरपालिकामा निर्वाचित जनप्रतिनिधीलाई आज वडा नम्बर ५ नाथुरीमा सम्मान गरिएको छ । जुनतारा युवा क्लव, सर स्वती प्राथमिक विद्यालय र आत्मनिर्भर प्रगतिशिल आमा समुहले आज संयुक्त रुपमा कार्यक्रम आयोजना गरी सम्मान गरेका हुन् ।

नगर प्रमुख देवकुमार नेपाली उपप्रमुख करमति पुन र वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मण पुनलाई वाजागाजा सहित फुलमाला अविर लगाएर सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा वोल्दै नगरप्रमुख देव कुमार नेपालीले जनताले ढोरपाटन नगरपालिकाको विकासको जिम्मेवारी आफुहरुलाई दिएको बताउदै उक्त जिम्मेवारी जनताको अपेक्षा अनुसार पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनु भएको छ ।

कुनै पनि समाज विकासको मुख्य पुर्वाधार शिक्षा भएको बताउदै ग्रामिण समुदायमा पनि प्राविधिक शिक्षा दिइनुपर्ने बताउनुभयो । वालवालिकालाई वच्चैदेखी प्राविधिक शिक्षा दिन सकेमा मात्र पछि गएर उसको प्रगति हुनुका साथै समाजलाई नै त्यसले फाइदा हुने बताउनुभयो । जिल्लाका विभिन्न ठाउँका विद्यालयमा शिक्षक दरबन्दी अभाव भएका कारण शिक्षणमा समस्या भएकाले आफुले सक्ने ठाउँहरुमा आफ्नै व्याक्तिगत लगानीमा शिक्षक राख्दीदै आउनु भएका नगरप्रमुख नेपालीले आज पनि नाथुरीमा रहेको सरस्वती प्राथमिक विद्यालयमा एक जना दलित शिक्षकको व्यवस्था गरिदिने घोषणा गर्नुभयो । कार्यक्रममा वोल्दै नगरप्रमुख नेपालीले आफुले अहिले सम्म जिल्लाका विभिन्न ठाउँमा गरी ३२ जना शिक्षक व्याक्तिगत रुपमै राखिसकेको बताउनुभयो ।

नाथुरी र वाहुनगाँउका लागी केन्द्रित गरेर नाथुरीमा स्थापना गरीएको विद्यालयमा आइपुग्न वालवालिकालाई करीब एक घण्टा लाग्ने भएकाले उक्त विद्यालय ति दुबै ठाँउको मध्यभाग भै िसखर्कमा सार्न लागिएकोले त्य सका लागी नगरपालिकाबाट वजेट विनियोजन भइ सकेको र अपुग भएमा वजेट थप गर्न सकिने बताउनुभयो ।

नगरपालिकाकाकी उपमेयर करमती पुनले स्थानिय तहको निर्वाचनपछी जनताले जनप्रतिनिधीमाथि तिब्र विकासको अपेक्षा राखेको र विकास कार्य प्रत्येक वर्ष क्रमश अगाडि वढाउदै जाने बताउनुभयो । यो वर्ष पनि धेरै विकास योजना सञ्चालनका लागी वजेट विनियोजन गरीएको र कतिपय स्थानका जनताका माग पुरा गर्न नसकिएकाले ति मागलाई अर्को आर्थिक वर्षमा पुरा गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण पुन समाज सेवी दधिराम अर्याल नेकपा एमाले बाग्लुङ जिल्ला कमिटी सदस्य शिवराज कडेल उत्तरगंगा मावी स्रोतकेन्द्रका पुर्व स्रोत व्याक्ति थमप्रकाश छन्त्याल चन्द्रकुमार गौतम खिम कुमारी कडेल लगाएतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स्थानियवासीले जनप्रतिनिधी समक्ष मोटरबाटो नहुदा कृषकले उत्पादन गरेको कृषि उत्पादन वजार पुर्याउन समस्या भएकोले मोटरबाटो निर्माणमा पहल गरीदिन माग गरेका छन् । महिला समुहको भवन निर्माणमा सहयोग गर्न पनि माग गरिएको छ भने महिला आत्मनिर्भरताका लागी कार्यक्रम बनाउन जनप्रतिनिधी समक्ष माग प्रश्तुत गरिएको छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघ बुर्तिबाङ साखाका अध्यक्ष चिन्तामणी शर्मा एमाले जिल्ला सदस्य केशर बहादुर छन्त्याल ढोरपाटन नगरपालिकाका कार्यकारी अधिकृत राम प्रसाद आर्चाय ढोनपाका प्राविधिक जुद्ध पुन नेकपा एमाले बाग्लुङ जिल्ला कमिटी सदस्य विर बहादुर विश्वकर्मा लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम सरस्वती प्राविका अध्यक्ष सोभाखर गौतमको अध्यक्षता प्रधानाध्यापक तुल्सी खरेलको स्वागत मन्तव्य र शिक्षक पुर्णपति कडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैविच नगर प्रमुख देव कुमार नेपाली सहितको टोलीलले पहिरोका कारण अवरुद्ध बुढाथोक लघुजलविद्युत परियोजनाको निरिक्षण समेत गरेको छ । साउन ३१ गते वर्षाका कारण आयोजनाको कुलो पहिरो गएका कारण त्यहाका ५ सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । छिट्टै विद्युत मर्मतका लागी नगरप्रमुख नेपालीले प्रतिवद्धता जनाउनुभएको छ ।

यस्तै आजै वाहुन गाँउमा रहेका करिब ९० घरपरीवारमा खानेपानीको समस्या भएकोले त्यस क्षेत्रमै पुगेर नगरप्रमुखले जनताको गुनासो सुन्नु भएको छ । अधिकांश दलित समुदायको वसोवास रहेको बाहुनगाँउमा पनि खानेपानी समस्या समाधानका लागी पहल गरीने नगरप्रमुख नेपालीले प्रतिवद्धता जनाउनुभएको छ ।

उता बुर्तिबाङको चुरेलावा सदेखी नाथुरी सम्मको गोरेटोबाटोको पनि अनुगमन गरीएको छ । नगरपालिकाबाट विनियोजित वजेटबाट निर्मित गोरेटो बाटोको विचमा एउटा खानेपानीको धारोको आवश्यकता महशुस गरीएकाले धारा निर्माण गरिने पनि बताइएको छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *