गल्कोट – ११ रिघाको आइतवार निति तथा कार्यक्रम सार्वजनिक हुने

कमल पौडेल, गल्कोट २०७४ भदौ १७ । गलकोट नगरपालिका रिघाले आर्थिक वर्ष २०७४/७५ को लागी आइतवार निति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। आज वसेको वडा समितिको वैठकले सो निर्णय गरेको हो। त्यस्तै वैठकले चालू आर्थिक वर्षको लागी गलकोट नगरसभावाट पारित वजेट तथा योजनाको समिक्षा गर्दै प्रदेश तथा संघमा पठाउने योजनाहरुको प्राथमिकिकरण गरेको छ ।

त्यस्तै बैठकले सोहि वडावाट निर्वाचित वडा सदस्य रुपा विक जिल्ला समन्वय समिति बागलुङमा निर्वाचित भएकोमा वधाई तथा सम्मान गरेको छ भने गएको वर्षको रिघा गाविसको आय व्यय हिसाव समिक्षा सहित पारित गरेको छ। बैठक वडा अध्यक्ष डम्वर बहादुर श्रीसको अध्यक्षता, वडा सदस्य श्याम श्रीसको स्वागत मन्तव्य तथा वडा सचिव कर्म प्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *