मोटर बाटोले भत्काएको पास्ती सिँचाई कुलो मर्मत नहुँदा किसान आकासे पानीको भरमा

कौरव खत्री, गुल्मी २०७४ भदौ १७ । गुल्मीको पास्ती सिँचाई कुलोको उचित व्यवस्था नहुदा खेत सिँचाईमा निकै समस्या भएको छ ।
मसिकोट नगरपालिका १ पास्ती अरेवाको पास्तीखेत सिँचाई योजनाको सिँचाई कुलो भत्किदा र पहिरोले पानी सञ्चालनमा समस्या भएपछि किसानहरुले धानखेती सिँचाईमा थप समस्या भोग्नु परेको स्थानीय समाजसेवी रुद्र गिरीले जानकारी दिए ।

एक बर्ष अगाडी सिँचाई कुलो मुनिबाट मोटरवाटो निर्माणको क्रममा पहिरो गएर कुलो बिग्रिएपछी बैकल्पिमरुपमा बल्लतल्ल बाँसका र प्लाष्टिका पाइपबाट भएनी सानो कुलो सञ्चालन गरि पालो बाडेर खेत सिचाई गरिदै आएको गिरीले बताए ।

हालसम्मपनि सो सिँचाई कुलोको आवश्यक मर्मत संम्भार र व्यवस्थापन नभएपछि बैकल्पिक रुपमा पाइपबाट लगिएको पानीले धानखेतीमा पुरा सिँचाई गर्न नसकिने हुदा आकासे पानीमा भर पर्नुपर्ने बाध्यता रहेको गिरीको भनाई छ ।

गिरीका अनुसार सिँचाई कुलोको मर्मतका लागि पटक– पटक सम्वन्धित निकायमा निवेदन गर्दा पनि यसमा खासै सुनुवाई नहुँदा किसानहरु मर्कामा परेका छन् ।
सिँचाई अबरुद्ध हुदा ५२ घरधुरीहरुका उपभोक्ताहरुको १ हजार,२ सय मुरी धान उब्जनी धानखेतीको सिँचाईको लागि आकासे पानीको भरमै बस्नु पर्ने बाध्यता रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *