जिल्ला भरको पालिकाहरुलाई समन्वय गर्दै समुन्नत र नमुना बागलुङ बनाउन लाग्छु –उपसंयोजक भुसाल

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ भदौ १६ । जिल्ला समन्वय समिति बागलुङका उपसंयोजक विष्णु भुसालले जिल्ला भरका पालिकाहरुलाई समन्वय गर्दै समुन्नत र नमुना बागलुङ वनाउन लाग्ने वताएका छन् । बडीगाड गाउँपालिकामा भएको सम्मान तथा विदाई कार्यक्रममा वोल्दै भुसालले आफुलाई वडीगाडका जनताले चुनेकोले जनताको आशा र अपेक्षा अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे । बडीगाड गाउँपालिका भित्रका जनप्रतिनिधि सक्षम भएकोले योजना सहित बजेट कार्यान्वयनमा लाग्नु पर्ने वताउदै समृद्ध वडीगाडको लागी आफूले कुनै कसर वाँकी नराख्ने र पालिकाकै समन्वयमा निरन्तर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

बडीगाड गाउपालिकाका प्रमुख मेयर सिंह पाइजाले उपसंयोजक भुसालको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान पत्र, दोसल्ला र मायाको चिनो सहित सम्मान गरेका थिए ।

बडीगाड गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष तथा गाउँकार्यपालिकाका सदस्य र प्रवक्ता समेत रहेका भुसाल श्रावण २० गते भएको जिल्ला समन्वय समितिको निर्वाचनबाट उपसंयोजकमा निर्विरोध निर्वाचित भएका थिए । बडीगाड गाउँकार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा गाउपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता तथा कार्यकारी अधिकृत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *