उद्यमी व्यवसायीलाई कर सम्वन्धी जानकारी दिन एक दिने कर शिक्षा तालिमको आयोजना

बागलुङ , २०७४ भदौ १६ । नेपाल राष्ट्रिय बाणिज्य संघ नगर कमिटि बागलुङको आयोजनामा एक दिने कर शिक्षा तालिम सम्पन्न भएको छ । उद्यमी व्यवसायीलाई कर सम्वन्धी जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले यस्ता तालिमहरुले व्यवसायीहरुलाई करको दायरामा आउन प्रेरित गर्ने वताउदै कर शिक्षाको वारेमा जानकारी नहुदा व्यवसायीहरु करको दायरामा आउन नसकेकोले यस्ता तालिम आवश्यक पर्ने प्रष्ट पारे ।

नेपाल राष्ट्रिय बाणिज्य संघ नगर कमिटि बागलुङका अध्यक्ष अनुप रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, उपाभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा कर शिक्षाका बारेमा करदाता सेवा कार्यालय बागलुङका कर अधिकृत सूर्यप्रसाद चापागाई र बागलुङ नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रमा बागलुङ वजारका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कर शिक्षाको वारेमा जानकारी नहुदा राज्यलाई लाखौ राजश्व घाटा भैरहेकोले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने नेपाल राष्ट्रिय बाणिज्य संघ नगर कमिटि बागलुङका अध्यक्ष अनुप रिजालले वताए ।

कार्यक्रम कमिटिका उपाध्यक्ष कृष्ण वहादुर कार्कीको स्वागत र सदस्य नारायण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *