विद्यालयका लागी नगरपालिकाबाट विनियोजित रकम सदुपयोग गर्न नगरप्रमुख नेपालीको निर्देशन

जनजागृती आधारभुत विद्यालयकालागी एक वर्षका लागि एक जना शिक्षकको तलब दिने उद्घोष

खेमराज अर्याल बुर्तिबाङ २०७६ भदौ १६ । ढोरपाटन नगरपालिकाको वडा नम्बर २ कुत्थाप्लामा रहेको जनजागृती आधारभुत विद्यालयको चन्दादाता सम्मान तथा ३१ औँ वार्षिक उत्सवको एक समारोहका वीच ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले गरेका छन् ।

कार्यक्रमको उद्घाटनपछी वोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा ढोरपाटन नगरपालिकाका मेयर नेपालीले शिक्षा समाज विकास र परिवर्तनको आधार भएकोले नगरपालिकाले पनि शैक्षिक क्षेत्रको विकासतर्फ जोड दिने बताए । यस आर्थिक वर्षमा पनि विभिन्न विद्यालयलाई शैक्षिक एवं भौतिक स्तर सुधारका लागी रकम विनियोजन गरिएकोले सो रकम सहि रुपमा सदुपयोग गर्न विद्यालयलाई निर्देशन दिँदै निर्धारण गरेको मापदण्ड पुरा नगरेको पाइएमा विनियोजित रकम रोक्का गरिने चेतावनी समेत दिए ।

बागलुङका विभिन्न विद्यालयमा शैक्षिक सुधारका लागी व्याक्तिगत रुपमै आर्थिक सहयोग गर्दै आएका नेपालीले जनजागृती आधारभुत विद्यालयमा पनि आफ्नै व्याक्तिगत लगानीमा एक वर्षका लागी एक जना शिक्षक राखिदिने घोषणा गरेका छन् । साथै उनले विद्यालयको अफिस डेकोरेशनका लागी नगद रु २५ हजार सहयोग गरेका छन । सोही अवसरमा महिला समुह बाजा समुह सोरठी गीत नाँच समुह र प्रतिभावान विद्यार्थीलाई प्रोत्सान स्वरुप आर्थिक सहयोग गरेका छन् ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाकाकी उपमेयर करमती पुन, वडा नम्बर २ का वडा अध्यक्ष युवराज महत वडा नम्बर १ का अध्यक्ष चित्र बहादुर भण्डारी वडा नम्बर ३ का अध्यक्ष हेमेन्द्र घर्तीमगर लगाएतले वोल्दै यस क्षेत्रको विकासको जिम्मेवारी निर्वाचनमार्फत जनताले आफुहरुलाई दिएको बताउदै जनचाहाना अनुसार काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक दधिराम शर्मा शिक्षक अभिभावक संघका अध्यक्ष उमालाल सुवेदी पुर्व शिक्षक अभिभावक संघ संयोजक बालसम कुवर उत्तरगंगा मावि स्रोतकेन्द्रका स्रोत व्यक्ति हरिचन पाण्डे लगाएतले वोलेका थिए । विद्यालयका प्रध्यानाध्यापक शिवलाल सुवेदीले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिक उत्सव कार्यक्रमको आज उद्घाटन गरिएतापनि प्रतियोगितात्मक कार्यक्रम भने सोमबार बाट सुरु गरिएको थियो । कार्यक्रममा विजयी सहभागीलाई पनि पुरस्कार वितरण गरिएको छ । आजै विद्यालयका चन्ददादातालाई पनि सम्मान गरिएको थियो भने आज मात्रै विद्यालयलाई स्थानियले १ लाख १८ हजार २ सय ८५ रुपैया चन्दा सहयोग संकलन भएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुरामडी भुषालको अध्यक्षता विव्यस सदस्य जित बहादुर कुवरको स्वागत मन्तव्य र शिक्षक झयन्द्र प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
तस्विर- योगेन्द्र विश्वकर्मा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *