गामीण अर्थतन्त्रलाई मजबुत गराउन नसक्दा गरिबीको रेखामुनी रहन बाध्य : नवागत प्रजिअ थापा

सुमन जि.सी, बागलुङ २०७४ भदौ १६ । नवागत प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले गामीण अर्थतन्त्रलाई मजबुत गराउन नसक्दा हामी नेपालीहरु लामो समयदेखि गरिबीको रेखामुनी रहन बाध्य हुनुपरेको बताएका छन् । चारतारे युवा क्लव सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आयेजना गरेको स्वागत तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दे उनले यस्तो बताएका हुन् ।

प्रजिअ थापाले देशमा रहेको व्याप्त गरिवी र वेरोजगारीको कारण दैनिक जसो २५ सय देखि ३५ सय युवा विदेश पलायन भईरहेको अहिलेको जस्तो विकराल अवस्था रहरिहेमा नेपालीहरु अझै लामो समयसम्म गरिवीकै रेखामुनी बस्न बाध्य हुनुपर्ने बताए ।

विश्वका धैरै देशहरुमा सहकारी मार्फत भएका आर्थिक विकासहरुका उदाहरण दिदै थापाले नेपालमा पनी राज्यले निस्कृय रहेको पुँजी र जनशक्तिलाई सकृय बनाई सहकारी मार्फत देशको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताए ।

एक फरक प्रसंगमा थापाले देश अहिले सक्रमणकालीन अवस्थामा रहेको र स्थानीय तहको चुनाव पश्चात जुन संरचना बनेको छ त्यसलाई सञ्चालन गर्ने भौतिक पूर्वधार र जनशक्तिको अभावका कारण जनताहरु माझ कतै संघियता असफल हुने हो की भन्ने शंका उत्पन्न हुन थालेको बताउदै विश्वका जुनसुकै देशमा पनी नयाँ संरचनामा जाँदा केही समय समस्याहरु सिर्जना हुनु स्वभाभिक भएकाले अहिले नै निरास हुनुपर्ने अवस्था नरहेको विचार व्यक्त गरे । स्थानीय तहलाई क्रियाशिल बनाउनका लागि जनप्रतीनिधि र कर्मचारीहरु मिलेर अगाडि वढ्न सकेमा जनताले छिटो छरितो र चुस्त दुरुस्त सेवा पाउन सक्ने थापाको भनाई थियो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका मेयर ईन्द्रराज पौडेल, निसी गाउँपालीकाका अध्यक्ष तारानाथ शर्मा, सिवाईसीका सल्लाहाकार देववहादुर श्रेष्ठ लगाएतले प्रजिअ थापाको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले प्रजिअ थापालाई बधाई तथा सफल कार्यकालको शुभकानमा व्यक्त गर्दै बागलुङले जिल्लालाई बुझेको एउटा अनुभवी र कुशल प्रशासक पाएको बताए । उनले यो समयमा जिल्लाका विकास निर्माणका गतिविधिहरु चुस्त दुरुस्त रुपमा अगाडि वढ्ने अपेक्षा गरेको बताउदै सहकार्य गरेर अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव रामवहादुर के.सीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *