अखिल छैठौको ढोरपाटन नगरपालिका स्तरिय प्रथम नगर भेला सम्पन्न, अध्यक्षमा कुवँर

सुमन सुनार, बुर्तिवाङ २०७४ भदौ १६ । अखिल छैठौको ढोरपाटन नगरपालिका स्तरिय प्रथम नगर भेला शुक्रबार बुर्तिबाङमा सम्पन्न भएको छ ।

अखिल छैठौं एरिया अध्यक्ष गीता सापकोटाको अध्यक्षता रहेको भेलामा छैठौ केन्द्रीय महासचिव भिमलाल पोखरेलको प्रमुख आतिथ्यता थियो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि, पोखरेलले विद्यार्थी आन्दोलन शैक्षिक विकृती र अराजकताका विरुद्ध भएको भन्दै बेरोजगारी उत्पादन गर्ने महंगो शिक्षा प्रणालीलाई अन्त्य गरि ब्यवहारिक शिक्षा र प्राविधिक शिक्षामा राज्यले जोड दिन आवश्यक रहेको बताए ।

फरक प्रशंगमा बोल्दै पोखरेलले अघिल्ला चुनाबमा मतदाताहरुले मतदानका लागी सहि प्रकारका शिक्षा नपाएका कारण मत बदर भएकाले ईमान्दार उम्मेदवारहरुले हार्नु परेको भन्दै, अवको चुनावमा आफ्नो मत सुरक्षीत गर्न सचेत तप्काका विद्यार्थीहरुले गाउँ–गाउँमा मतदातारुलाई सही शिक्षा दिन आवश्यक रहेको बताए ।

यस्तै भेलामा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य टेक बहादुर घर्ति मगर, अखिल छैठौ बागलुङका जिल्ला अध्यक्ष शिव चालिसे, अखिल छैठौका केन्द्रीय सदस्य अर्जुन शर्मा अखिल नेपाल युवक संघ बागलुङका जिल्ला सदस्य प्रेम चालिसे, अखिल नेपाल जनजाती सम्मेलन ढोरपाटन नगरपालिकाका सचिव तिलक बुढा मगर, अखिल नेपाल महिला संघकी केशकुमारी बुढा मगर लगायतको समेत सहभागिता रहेको थियो ।

ढोरपाटन नगरस्तरिय प्रथम भेलाले ईन्द्र कुवँरको अध्यक्षतामा १५ सदस्यीय अखिल छैठौ ढोरपाटन नगरपालिका नगर समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी अर्गेजा, सचिवमा धन बहादुर भण्डारी, सह–सचिवमा मिलन पौडेल, कोषाध्यक्षमा बाल कुमारी अर्गेजा तथा अन्य सदस्यहरुमा मोहन बुढा मगर, सुमन विक, मनोज सुनार, राजु लम्साल, हिमाल घर्ति, विमल खरेल, विपना भण्डारी र प्रेमलाल खनाल रहेका छन् ।

कार्यक्रम ईन्द्र बहादुर कुँवरले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *