Menu

मुक्तिनाथ स्वास्थ्य सहकारी संस्था लि. को तेश्रो वार्षिक साधारण सभा सम्पन्न

सुमन जि.सी, बागलुङ २०७४ भदौ १६ । मुक्तिनाथ स्वास्थ्य सहकारी संस्था लि. बागलुङको तेश्रो वार्षिक साधारण सभा शुक्रवार बागलुङ बजारमा सम्पन्न भएको छ ।

“हामी सबैको चाहाना, समृद्ध जीवनको कामना” भन्ने मुल नाराका साथ सम्पन्न साधारण सभाको उद्घाटन गर्दै संस्थाका शेयर सदस्य एवं बेनी नगरापालिकाका उपमेयर सञ्जु बरुवालले सहकारीको माध्यमवाट शेयर सदस्यहरुलाई सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मुक्तिनाथ सवस्थ्य सहकारी संस्थाले भूमिका खेल्नुपर्ने बताएकी छिन् ।

धौलागिरी कार्यक्षेत्र रहेको संस्थाले बागलुङ र म्यादीमा मात्र सदस्य विस्तार नगरी ४ वटै जिल्लामा सदस्यहरु विस्तार गरी व्यापक रुपमा स्वास्थ्य सेवा सम्वन्धी काम गर्न सकेमा संस्थाको फरक पहिचान हुने वरुवालको भनाई थियो ।

कार्यक्रममा जैमीनी नगरपालीकाका मेयर एवं शेयर सदस्य ईन्द्रराज पौडेल, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष कृष्णशंकर श्रेष्ठ, दिदीबहीनी साकोस म्याग्दीका अध्यक्ष जमुना आचार्य, शेयर सदस्यहरुको तर्फवाटट भुमिराज शर्मा, गण्डकी थापा अधिकारी र भवनराज बरालले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा संस्थाको तर्फवाट संस्थाका सचिव रामवहादुर के.सीव्दारा प्रस्तुत आर्थिक वर्ष ०७३।०७४ को प्रगती प्रतिवेदन, आ.व. ०७४।०७५ को प्रस्तावित नीति तथा कार्यक्रम र संस्थाका कोषाध्यक्ष लालकुमारी बस्नेबाट प्रस्तुत आ.व. ०७३।०७४ को आर्थिक प्रगती प्रतिवेदन तथा ०७४।०७५ को प्रस्तावित आय व्यय तथा कार्ययोजना र संस्थाका लेखा समिति सदस्य हेवहादुर खत्रीद्धारा प्रस्ताु लेखा समितिको प्रतिवेदन व्यापक छलफल पश्चात पारीत भएको थियो । साधारण सभाले आगामि वर्षलाई विशेष गरेर स्वास्थ्य सम्वन्धी कार्यहरु गर्ने गरी सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गरेको छ ।
संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रको स्वागत उपाध्यक्ष निर्माणकुमार श्रेष्ठ र सञ्चालन सचिव रामवहादुर के.सीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *