Menu

पर्वत पाङमा नवजात शिशु मृत भेट्टिएपछी दुर्गा विक र अम्बिका कँडेल प्रहरी नियन्त्रणमा

महेन्द्र केसी, पर्वत, २०७४ भदौ १६ । पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङमा शुक्रवार विहान एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । कुश्मा नगरपालिका –१ पाङ सिधाली वस्ने बाबुराम कंडेलको घरको पछाडी पट्टी रहेको झाडीमा नवजात बालक शिशुको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अनुसन्धनाको लागी भन्दै प्रहरीले कुश्मा नगरपालिका –३ बस्ने वर्ष २५ को दुर्गा विक कुश्मा नगरपालिका – १ बस्ने अन्दाजी वर्ष १७।१८ की अम्विका कँडेललाई नियन्त्रणमा लिएको छ ।

स्थानियले दिएको सूचनाको आधारमा घटनास्थल पुगेको प्रहरीको टोलीले उक्त शब नियन्त्रणमा लिएको र कसले जन्माएर फालेको हो भन्ने बारे कुनै जानकारी नखुलेको प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी बताए । उक्त शिशु रातीनै जन्माएर जंगलमा फालेको जस्तो देखिने उनले बताए । उक्त शिशुको शब अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

घटनाको सम्वन्धमा बिस्तृत अनुसन्धान कार्य भईरहेको समेत प्रहरी निरिक्षक लामिछानेले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिईएको व्यक्तिहरुले शिशु आफ्नो नभएको बताएका छन् । अबैध सम्बन्धबाट बच्चा जन्मेका कारण शिशुको हत्या भएको हुनसक्ने देखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *