पर्वत जिल्लामा रित्तियो नयाँशक्तिको विद्यार्थी संगठन

महेन्द्र केसी, पर्वत २०७४ भदौ १६ । नयाँ शक्ति नेपालको भात्रृ विद्यार्थी संगठन पर्वतमा रित्तिएको छ । देशभरी नयाँ शक्ति पार्टीनै रित्तिने क्रम जारी रहेको बेलामा पर्वतमा विद्यार्थी संगठननै धरापमा परेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा गुप्तेश्वर बहुमुखी क्याम्पसको कोषाध्यक्ष बनेकी नयाँ शक्ति नेपालकी अम्बिका फगामी पुन रातारात माओवादी केन्द्रसँग आबद्ध रहेको अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनमा प्रवेश गरेकी हुन् । उनी अखिल क्रान्तिकारीमा प्रवेश गरेसँगै नयाँ शक्ति नेपाल पर्वतको विद्यार्थी संगठन शुन्यमा पुगेको छ ।

केहि महिना अगाडी नयाँ शक्ति नेपाल पार्टीका जिल्लाका बरिष्ठ नेताहरुसमेत माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

देशभरीनै बाबुराम भट्टराई नेतृत्वको दललाई बहिष्कार गर्ने र पार्टी परित्याग गर्नेको संख्या ह्वात्तै बढेको छ । अम्बिका फगामी पुनले एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुको माग र समस्यालाई समधान गर्ने एक मात्र विकल्प अखिल क्रान्तिकारी विद्यार्थाी संगठन गरेको दाबी गरेकी छिन् । उनले आफूमात्रै नभइ नयाँ शक्तिको खोलमुनि बसेका सवै साथीहरुलाई अखिल (क्रान्तिकारी) संगठनभित्रै गोलबद्ध हुनको लागि आग्रह गरेकी छिन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *