Menu

निसीखोला-१ हुल्दी पहिरो पीडितको प्रतिनिधी मण्डल विभिन्न निकायमा जाने

छबिलाल पाण्डे, बुर्तिवाङ २०७४ भदौ १६ । निसीखोला गाँउपालिका वडा नँ १ हुल्दीका पहिरो पीडितको एक प्रतिनिधी मण्डल बिभिन्न राजनैतिक दल, जिल्ला समन्वय समिती, जिल्ला प्रासन, जिल्ला दैबी प्रकोप उद्धार , सुकुम्बासी आयोग हुँदै केन्द्र सम्म जाने भएको छ ।

हिँजो विहीबार मात्रै पहिरो पीडितहरुले पहिरो पीडित लाल बहादुर सिँजालीको नेतृत्वमा सर्वदलीय ११ सदस्यीय प्रतिनिधी मण्डल गठन गरेका हुन् ।
पहिरो पीडितहरुले यस अघि वडा नँ १ का सदस्य हुमकुमारी मल्लको संयोजगत्वमा गठन गरिएको पहिरो पीडित समितीको अधिकार प्रत्यायोजन गर्दे यो समिती गठन गरिएको हो ।

सिँजाली राष्ट्रिय जनमोर्चाका प्रतिनीधि हुन् भने अन्य सदस्यहरुमा नेपाली काँग्रेसबाट गिरबहादुर योगि, थम्मनबहादुर मल्ल, र हुम बहादुर मल्ल ,नेकपा एमालेबाट पवन कुमार सिँजाली, रेशम सिँजाली, माओबादी केन्द्रबाट पुष्पकमल मगर,र धन बहादुर राम्जाली, शंखलाल सिँजाली र राजमोका एक बहादुर बुढा,र मुतmसिँह ठकुरी रहेका छन् ।

बिगत देखिनै हुल्दीको पहिरो ब्यबस्थापनका निम्ती बिभिन्न राजनैतिक दल र जिल्ला दैबी प्रकोप लगाएतका निकाय सँग हारगुहार गर्दा समेत हाल सम्म सुनुवाई नभएका कारण निरन्तर जोखिम मोल्दै बस्नु पर्ने बाध्यता सिर्जना भईरहेको प्रति निधी मण्डलका अध्यक्ष सिँजालीको बताए ।
पचासौँ बर्ष पहिले दर्जनौ घर बगाउने गरी गएको हुल्दीको पहिरो प्रत्यक बर्ष बढ्दै जान थालेपछि पछिल्लो समय सबै गाँउनै उच्च जोखिममा परेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *