बडीगाड गाउपालिका-१० दर्लिङमा परि बालक्लव गठन

कमल राना खर्वाङ २०७४ भदौ १५ । बडीगाड गाउँपालिका १० दर्लिङमा विहिबार बालबालिकाहरुको भेला सम्पन्न भएको छ । भेलाले इन्द्रा सुनारको अध्यक्षतामा १९ सदस्यीय परिसूचन बालक्लव गठन गरेको छ ।

क्लवको उपाध्यक्षमा हिमाली छन्त्याल, सचिवमा आशा विक, सह–सचिवमा मनकुमारी विक, कोषाध्यक्षमा निर्मला सुनार रहेका छन् ।

क्लवको सदस्यहरुमा रचना बुढामगर, जुना विक, मनोज गुरुङ, मुस्कान विक, अमृता छन्त्याल, सुनिल थापा, करिष्मा बुढा प्रकाश विक, दिपक विक, पार्वती बुढा रहेका छन् भने क्लवको संरक्षकमा दर्लिङ माविका शिक्षक धनबहादुर सुनार रहेका छन् ।

परिसूचन साप्ताहिक पत्रिकाको प्रकाशक संस्था लेखन नेपालका अध्यक्ष भीमसेन वनको विशेष उपस्थितिमा भएको भेलाले विक्रम विकलाई साहित्य संयोजक, विजय विकलाई कार्यक्रम संयोजक र कृष्ण बलामी थापालाई समाचार संयोजक तोकेको छ ।

जिल्लाबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिकाले ग्राहक अभियान संगै बालक्लव गठनलाई तिब्र पार्दै आइरहेको छ ।

पत्रिकाले बालबालिकामा भएको प्रतिभालाई प्रष्फुटन गराउँदै सक्षम नागरिक निर्माण गर्ने उद्धेश्य सहित जिल्लाका विभिन्न ठाउँमा बालक्लव गठन अभियानलाई तिब्र पार्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *