वडालाई तरकारीमा आत्मनिर्भर गराउन निशुल्क विउ वितरण

गुमानसिँह भण्डारी, गल्कोट २०७४ भदौ १५ । गलकोट नगरपालिका २ नरेठाटीका किसानहरुलाई निशुल्क बिउ बितरण गरिएको छ । वडा कार्यालयको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा तरकारीका बिउ बितरण गरिएको वाड अध्यक्ष हेमन्त भण्डारीले बताए । वडा भित्रका करिब ७ सय भन्दा बढि किसानहरुलाई काउली, बन्दा, चौमासे सिमी, घीउ सिमी, मुला, रायो लगायतका बिउ बितरण गरिएको भण्डारीले बताए ।

वडालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यका साथ बिउ बितरण गरिएको वडा सदस्य घनश्याम कुबरले बताए । करिब ४३ हजारका बिउ किसानलाई प्रदान गरिएको कुबरको भनाई थियो । वडा भित्रका करिब २५, ३० जना किसानहरुले ब्यवसायीक रुपमा तरकारी खेती गर्दै आईरहेका छन ।
नरेठाटीको तोरिखोला, बयली लगायतका किसानहरुले उत्पादन गरेको तरकारी स्थानिय घरगाउ सँगै नरेठाटी, हटिया लागयतका बजारमा खपत हुने गरेको छ । बिउ बितरण गरेपछि समय समयमा स्थलगत अनुगमन गर्ने अध्यक्ष भण्डारीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *