पशुपती शम्सेर राणा पार्टी विभाजनको केवल मोहोरा मात्र हुन् – राप्रपा अध्यक्ष थापा

नेपालगञ्ज २०७४ भदौ १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वाभिमानी नेता कार्यकर्ताको साथ भए राप्रपालाई मुलुकको अग्रणी शक्ति बनाउन सक्ने हिक्मत र योजना पार्टीसँग भएको बताएका छन् ।

नेपालगञ्जमा जारी मध्यपश्चिमाञ्चल स्तरीय स्थानीय तहका अध्यक्षहरुको सम्मेलनको उद्घाटन समारोह लाई सम्बोधन गर्दै अध्यक्ष थापाले तमाम ईमान्दार नेता तथा कार्यकर्ताहरु पार्टीको मुलधारमै भएकोले विभाजनबाट कत्तिपनी विचलीत नभइ संगठन निर्माणमा लाग्न सबैलाई आग्रह गरे ।

उनले नेपालमा बलियो राष्ट्रवादी शक्ति निर्माण भैरहेको देख्न नचाहने भित्री र बाहिरी शक्ति प्रयोग भएकोे भन्दै पशुपती शम्सेर राणा केवल पार्टी विभाजनको मोहोरा मात्र भएको उल्लेख गरे ।

नेपालगञ्ज उपमहानगरपालीकाका विजयी मेयर तथा पार्टीका अन्य विजयी सदस्यहरुलाइ बधाई दिँदै अध्यक्ष थापाले स्थानीय चुनावमा सोचेको परिणाम नआउनुमा सांगठनिक कमीकमजोरी भएको बताउदै केपी ओली सरकारको नेतृत्वमा सहभागी हुँदा पार्टीले धेरै काम गरेको र जनताले रुचाएको भएपनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनु पार्टीको गम्भीर भुल भएको स्वीकार्दै अध्यक्ष थापाले आफूहरु आत्मालोचित भएको स्पष्ट पारे ।

विगतमा भएका त्रुटी र कमजोरी हरुलाई सच्याएर पार्टी अगाडी बढीसकेको उल्ल्ेख गर्दै अध्यक्ष थापाले अब राप्रपालाई विगतको हैसियतमा नभै देशको बलियो शक्तिको रुपमा उभ्याउने बताए ।

सो सम्मेलनमा पार्टीका वरिष्ठ केन्द्रीय सदस्य बालाराम घर्तीमगर, महामन्त्री डा. धवलशमसेर राणा, केन्द्रीय सदस्यहरु मुकुन्दश्याम गिरि, हिक्मत ढकाल, मा. कुन्ती शाही, मनोज प्रधान, कोमल ओली, धन बहादुर बुढालगायतका नेताहरुले बोलेका थिए । भोलि समापन हुने सो सम्मेलन राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलको सभापतित्वमा सञ्चालन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *