अन्तर्राष्ट्रिय बेपत्ता बिरुद्धको दिवसको सन्दर्भमा बागलुङमा छलफल कार्यक्रम सम्पन्न

कमल राना, बागलुङ २०७४ भदौ १५ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराले ३४औँ अन्तराष्ट्रिय बेपत्ता बिरुद्धको दिवसको सन्दर्भमा बागलुङमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

‘सबैका लागि घरघरमा मानव अधिकार, शान्ति र बिकासको आधार’ भन्ने नाराका साथ बिहिबार बा.न.पा.३ मुलपानी माध्यमिक विद्यालयमा कार्यक्रम गरेको हो ।

कार्यक्रमा बा.न.पा.३ का वडा.अक्ष्यक्ष लक्ष्मी बास्कोटाले सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गर्नु पर्नेमा जोड दिँदै बेपत्ता पारिएका नागरिकको सत्य÷तथ्य बारे जान्न पाउने उनीहरुको आफन्तको अधिकार रहेको बताउँदै बास्कोटाले पीडित परिवारको अधिकार सुनिश्चित गर्नु पर्ने बताईन ।

कार्यक्रममा अधिवक्ता रामप्रसाद शर्माले कुनै पनि व्यक्तिलाई बेपत्ता गराउनु भनेको मानव अधिकारको हनन भएको बताउँदैै बेपत्ता भएका नागरिकको खोजबिन गर्ने दायित्य नेपाल सरकारको भएको बताए ।

मालिका मा.विका व्यवस्थापन समितीका अध्यक्ष बद«ी बहादुर केसी, मुलपानी मा.विका प्रधानाध्यापक चुडामणी सुवेदी, रेडक्रसका पूर्व सभापति विश्वनाथ रेग्मी, बा.न.पा.७ का वडा सदस्य केशव कार्की लगाएतले मंतव्य व्यक्त गरेका थिए ।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन राज्य÷माओवादीद्वारा गरि बागलुङमा २३ जना मानिसलाई बेपत्ता छन् ।

कार्यक्रममा एडभोकेसी फोरम बागलुङ, इन्सेक बागलुङ, न्यायको लागि द्वन्द्वपीडित समाज बागलुङको समन्वय रहेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मोहन काफ्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन ज्योती प्रसाद घिमिरेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *