लामो समयसम्म बेपत्ताको नागरिकको स्थिती सार्वजनिक हुन नसक्नु दु:खद !

कोपिला कंडेल, बागलुङ, २०७४ भदौ १४ । बागलुङ सदरमुकाममा आज ३४ औ अन्तर्रा्ष्ट्रिय बेपत्ता दिबस मनाईएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङ र न्यायको लागि द्वन्द पीडित समाज बागलुङको संयुक्त आयोजनामा बेपत्ताको सम्झना गर्दै दिवस मनाईएको हो ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बिगतमा द्धन्दमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई राज्यले गम्भीर रुपमा लिनुपर्ने बताउदै मुलुकमा लोकतन्त्र स्थापना भएको लामो समयसम्म पनि बेपत्ताको नागरिकको स्थिती सार्वजनिक हुन नसक्नु दुखद भएको बताए । नगर प्रमुख पौडेलले राज्यले बेपत्ताको स्थिती तत्काल पुष्टी गर्नुपर्नेमा जोड दिए । शक्ति र प्रभावबिना पीडितलाई न्याय दिलाउनु पर्दर्छ, पौडेलले भने समाजमा देखिने मात्र नभै नदेखिने द्धन्दको समेत खोजी हुनुपर्दछ । उनले बागलुङ नगरपालिका भित्रका बेपत्ता एबं पीडितका मागलाई आफ्नो तर्फबाट सक्दो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

सो अवसरमा बेपत्ता परिवार समाज बागलुङ्गका अध्यक्ष जशोदा शर्मा, जिल्ला समन्वय समितिका सुचना अधिकृत अखिलनाथ शर्मा, सहायक जिल्ला शिक्षा अधिकारी कुस्मराज उपाध्याय, उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारी, पुनराबेदन उच्च बार अदालतका अध्यक्ष केशब पराजुली, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, न्यायका लागि द्वन्द्व पीडित समाजका केन्द्रीय सदस्य बद्री केसी द्वन्द पीडित छम कुमारी बस्नेत, बिमल बहादुर केसी लगायतले छानबिन आयोगकै कारण बेपत्ताको स्थिती झन जटिल बन्दै गएको आरोप लगाए ।

सो अवसरमा नेपाल रेडक्रस सोसाईटी बागलुङ्गका उपसभापति राजेन्द्र आचार्यले प्रस्तुत गरेको कार्यपत्र माथि टिप्पणी गर्दै एड्भोकेसी फोरम धौलागिरी संयोजक राम शर्माले बेपत्ताको अवस्था सार्वजनिक गर्नका लागि राज्यनै जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका थिए । बागलुङ जिल्लामा राज्य पक्ष र द्वन्दरत पक्ष बाट गरि अहिलेसम्म २३ जना सर्बसाधारण बेपत्ता भएको तथ्यांक रहेको छ ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जब्बर बहादुर लामिछानेको अध्यक्षता, सदस्य बिकास पौडेलको स्वागत र महामन्त्री नारायण शर्मा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *