पुन: दरमखोला जलविद्युतको नहर भत्किएपछी मुसिकोटको अधिकांश भाग अँध्यारै

कौरव खत्री, गुल्मी २०७४ भदौ १४ । गुल्मी वामीटक्सारको दरमखोला लघुजल विद्युत परियोजनाको विद्युत आपूर्ति नियमित नहुँदा उपभोक्तहरु मर्कामा परेका छन् । केहि दिन अघि दरमखोलाको नहर मर्मत गरेर विद्युत आपूर्ति गरिएको भएतापनि जलविद्युत सूचारु हुन नपाउदै फेरी परियोजनाको नहर भत्केपछि थप समस्या भएको हो ।

परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.द्धारा सञ्चालित परोपकार सहकारी जलविद्युत परियोजना गत असार २९ गते मुसिकोट नगरपालिका १ पौदीअमराईमा रहेको ५० केबीको ट्रान्समिटर जलेर विग्रिएको मर्मत हुन नपाउदै पुन विद्युत आपूर्ति नभएपछी मरमतमा समस्या आएको छ ।
जलेको ट्रान्समिटर मर्मत संम्भार गरेर जडान गरेता पनि वत्ति बाल्न नपाउदै विद्युतको नहर भत्केपछि आफूहरुलाई थप समस्या भइरहेको स्थानीय समाजसेवी युवा प्रकास श्रेष्ठले जानकारी दिए ।

१३५ किलोवाट क्षमता भएको विद्युत परियोजना अबरुद्ध भएसँगै सोही वडाका करिव ३ सय ५० घरधुरीका उपभोक्क्ताहरु डेढ महिनादेखि अन्धकारमा बस्दै आएका छन् भने विद्युत सेवा बन्द भएपछि विजुली बत्ति,उद्योग धन्दा, कुटानी पिसानी,लगायत विद्युतीय यन्त्र समेत ठप्प भएका छन् ।

लामो समयदेखि विद्युत सेवा ठप्प भएपछि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई घरमा विजुली वत्ति नहुदा लेखपढमा समस्या हुनुको साथै मोवाइल फोन सेवा बन्द हुदा निकै समस्या भइरहेको स्थानीय समाजसेवी श्रेष्ठले बताए ।

यता भत्केको विद्युत नहरमा वाल लगाउने काम तिव्र गतिमा भइरहेको हुदा विद्युत सेवा सूचारु हुन करिव एक हप्ता लाग्ने विद्युत सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *