अखिल(क्रान्तिकारी) जिल्ला अध्यक्ष सापकोटा केन्द्रिय सदस्यमा सर्वसम्मत चयन

महेन्द्र केसी, पर्वत २०७४ भदौ १४ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन पर्वतका अध्यक्ष विजयप्रकाश सापकोटा केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका छन् । अखिल क्रान्तिकारीको एकता राष्ट्रिय सम्मेलन काठमाडौमा चलिरहेको बेलामा उनलाई सर्वसम्मत केन्द्रीय सदस्यमा चयन गरिएको हो ।

जिल्लाको नेतृत्व लिएका सापकोटाले जिल्लामा विद्यार्थी र शिक्षा क्षेत्रमा देखिएको समस्याका बारेमा सवाल उठाउदै र संगठनलाई मजबुत बनाउदै आएका थिए । केन्द्रिय सदस्यमा चयन भएपछि सापकोटाले आफूमा थप जिम्मेवारी बढेको प्रतिक्रिया दिएका छन् । उनले जिल्लाको विद्यार्थी संगठनलाई मजबूत बनाउँदै केन्द्रिय स्तरसम्म लविङ गर्नको लागि थप सहजता भएता पनि जिम्मेवारी बढेको उनले बताए ।

एकता महाधिवेशन चलिरहेको बेलामा मेरो काम र विद्यार्थी संगठनमा पु¥याएको योगदानको मुल्याङकन गरी केन्द्रिय सदस्यमा चयन गरिएको छ यसले थप जिम्मेवारी बोध गराएको छ उनले भने । संगठनले उठाएका मागहरुलाई कार्यान्वयन गराउनको लागि आफू जिल्ला तहदेखिनै लाग्ने र संगठनको कार्यविधान र नियमअनुसार जिल्लामा संगठनलाई मजबूत र शक्तिशाली बनाउदै लैजाने सापकोटाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *