काउले खोला जनहित मावि गैराखर्क सानोखोला मोटरबाटो

थम्मन थापा सन्देश, गल्कोट २०७४ भदौ १४ । उपभोक्ता समिति गलकोट नगरपालिका ७ मल्म बागलुङको वार्षिक भेला सम्पन्न भएको छ ।
भेलामा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले सडक विकासको मुख्य पूर्वाधार भएकोले सडकलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताए ।
भेलामा आर्थिक वर्ष २०७३र २०७४ को प्रगति तथा नगद रु १४ लाख ९ हजार १ सय ६९ आय र रु २९ लाख ९० हजार ३ सय को आर्थिक प्रतिवेदन सहसचिव घनश्याम थापाले प्रस्तुत गरेका थिए ।

भेलामा साविकको मल्म ६, ७ र ८ का स्थानियहरुको सहभागिता रहेको थियो । भेला मोटरबाटो उपभोक्ता समिका अध्यक्ष चिरञ्जिवी मरासिनीको अध्यक्षता र कोषाध्यक्ष ज्ञान बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *