जापान समाज बिहुँकोट र महिला सशक्तिकरण बिहुँव्दारा जन प्रतिनिधिहरुको स्वागत

भरत सापकोटा , बागलुङ २०७४ भदौ १४ । गत बैशाख ३१गते सम्पन्न भएको स्थानिय निकायको निर्वाचन बिजयी भएका प्रतिनिधिहरुलाई बिहुँकोट समाज जापान र महिला सशक्तिकरण बिहुँले सयुंक्त रुपमा स्वागत तथा साम्मान गरेको छ । काठेखोला ५ बिहुँकोट पोखरामा एक समारोहको आयोजन गरि उनिहरुमने सम्मान गसशृको थियो।

सो अवसरमा जापान समाज बिहुँकोट जापान तर्फ देखि जापान समाज बिहुँकोटका उपाध्यक्ष यामलाल कडेंल र महिलाशसक्ति करण तर्फ समितिका कोषाध्यक्ष उजेली न्युरेले स्वागत मन्तक्य ब्यक्त गरेका थिए । संस्थाको बारे जापान समाज बिहुँकोटका सचिव भीष्म कडेलले दिदै सहयात्रा को समय जोडिएको बताउदै जनताले दिईएको ज़िम्मेवारी वहन गर्न आग्रह गरेका थिए ।
गाउँ घर छोडी जापानलाई कर्म थलों बनाई आफ्नो देश गाउँ समाज केहि गर्नु पर्छ समाजलाई विकास शैक्षिक क्षेत्र स्वाथ्य क्षेत्र समाजमा सुधार भैपरि आउने दैबिक विपत्त हरु मा परेका व्यक्तिहरु लाई राहत वितरण गर्ने कलासंस्कृति को पहिचान र संरक्षण कार्य जस्ता महान उद्देश्य बोकेर अघि बढेको बताउदै जनप्रतिनिधिहरुले यस संस्थाको लागि हित र विकाशका विषय मा साथ दिएर अघि बढ्न आग्रह गरेका थिए ।
महिलाशसक्तिकरण समिति बिहुँ की संयोजक ज्ञानकुमारी श्रीस शर्मा ले बोल्दै २०६५सालमा स्थापना भई महिलाहरु सशक्तिकरण र महिलाहरु हरेकक्षेत्र मा आफुहरुले खेलेको भुमिका का बिषय मा जनप्रतिनिधि हरुलाई जानकारी दिदै संस्था को उंदेश्य र भावि जिवनमा सहकार्य गरि अघि बढ्न र महिलाहरु को अधिकारका बिषय आवाज बुलन्द गरि संर्वागिण विकाशमा ध्यान समेत दिन पनि आग्रह गरेकी थिईन।
संयुक्त रुपमा आयोजना गरिएको सो कार्यक्रम मा गाउपालिका प्रमुख अमर थापाले बोल्दै सबै एउटै रथका यात्रीहरु भएको बताउदै कसरी गन्तब्य मा पुग्न सकिन्छ त्यो महत्वपूर्ण पक्ष भएको बताए । हार जित एउटा प्रकृया भएकाले गाउँपालिकालाई नमूना बनाउन रथ का यात्रीहरु छुटिएर नभई जुटेर लाग्नु पर्ने भएकाले गाउँपालि को राजधानी बिहुँकोट भईसक्यो यस्ले आफ्नो तर्फ बाट हुने सबै सहयोग गर्न आफु तत्पर रहेको बताए ।
उनदे यस क्षेत्र मा रहेका धार्मिक पर्यटकिय स्थलहरुको प्रचार प्रसार मा संचार माध्यमहरु ले खासै चाँसो नदिदा प्रचार अभाव मा ओझेल मा परेकाले आगादिनमा गाउँपालिका भित्र का धार्मिक र पर्यटकिय स्थल हरु को बिकाश र प्रचार मा जोड़ दिदै पर्यटन प्रर्बद्धन गर्नेमा जोड़ दिए ।
साथै महिला शसक्तिकरण र जापान समाज बिहुँकोट लाई गाउँपालिका भरि बिस्तार गर्न लाग्न समेत सुझाब दिईएको थिए ।साथै अक्षय कोष रकम अन्य क्षेत्र मा लगानि गरि अक्षय कोष बृद्धि हुनुका साथै समाज विकाश मा नयाँ आयम थपिने मा अर्को कुनै बिकल्प हुननसक्ने पनि बताए ।
जनप्रनिधिहरुको तर्फ देखि काँठेखोला गाउपालिका वडा न ६का वडा अध्यक्ष युक्तप्रसाद कडेल वडा ५वडा अध्यक्ष शिवप्रसाद कडेल लगाएतले बोलेको कार्यक्रम को सभापतित्व यसै संस्था अध्यक्ष गौरीशंकर सुवेदी शर्माले गरेका थिए ।
कार्यक्रमको संन्चालन आजिवन सदस्य सुवास कडेलले गर्नु भएको थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *