अखिल नेपाल शिक्षक संगठनमने भेला सम्पन्न

थम्मन थापा सन्देश, गलकोट २०७४ भदौ १३ । एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगरपालिका ७ र ९ मल्म बागलुङको भेला सम्पन्न भएको छ ।
भेलामा बोल्दै प्रमुख अतिथि एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रथम नगर सम्मेलन आयोजक समिति संयोजक चुडामणि शर्माले शिक्षक हक हित र अधिकारको लागि शिक्षक संगठन सदैव जागरुक हुनु पर्ने बताए । भेलामा नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ का अध्यक्ष छुम बहादुर थापा, गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।
भेलाले हुमलाल ढकालको संयोजकत्वमा ४१ सदस्यीय संयुक्त वडा समिति गठन गरेको छ । सो अवसरमा भदौ १७ गते गलकोटमा हुने अखिल नेपाल शिक्षक संगठनको नगर सम्मेलन, संगठन सुदृढिकरण तथा व्यवस्थापन, शिक्षक हक हित र अधिकारको लगायतको विषयमा अन्तरक्रिया गरेको थियो । भेलामा गलकोट नगरपालिका ७ र ९ का शिक्षकहरुको सहभागिता रहेको थियो । भेला एकिकृत अखिल नेपाल शिक्षक संगठन वडा संयोजक विष्णु प्रसाद गौतमको अध्यक्षता र सदस्य विर बहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *