भदौ ८ गते सुरु भएको अर्नाकोट बराह युवा क्लबको तीज बिशेष कार्यक्रम सम्पन्न

छबिलाला पाण्डे, बुर्तिवाङ २०७४ भदौ १३ । अर्नाकोट बराह युवा क्लबको तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । गत भदौ ८ गते देखि सुरु भएको कार्यक्रम आज समापन गरीएको क्लबका बरिष्ठ सल्लाहकार लाल बहादुर कुवँरले बताए ।

कुुँवरका अनुसार आयोगित प्रतियोगिता मध्ये २४ समुहको सहभागिता रहेको पुरुष भलिबल तर्फ सनराईज युवा क्लब प्रथम भएको छ भने आयोजक समुह
व्दितिय भएको छ ।

त्यस्तै ५ समुहको सहभागिता रहेको महिला भलिबल तर्फ समाजसुधार मञ्च साउथोकप्रथम भएको छ भने व्दितिय उत्तरगँगा मावि बुर्तिबाङ भएको छ । त्यस्तै पञ्चेबाजा प्रतियोगिता तर्फ खल्बाङ पञ्चेबाजा समुह ए र समुह बी क्रमश प्रथम र व्दितीय भएका हुन् ।

त्यस्तै महिला तीजगित तथा नृत्य प्रतियोगिता तर्फ रिभरहेड बोर्डिङ बुर्तिबाङ प्रथम र अर्नाकोट आधारभुत बिद्यालय देउराली व्दितिय भएका छन् ।

कार्यक्रममा पुरुष महिला छेलो प्रतियोगिता सञ्चालन गर्ने भनिएपनी समय अभाबका कारण सञ्चालन नगरीएको आयोजकले बताएको छ । आजै उत्कृष्ट समुहका लागि पुरस्कृत गरीएको क्लब सल्लाहकार कुवँरले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *