बुर्तिवाङमा व्यवसाय गरेर बस्ने दर्लिङका भण्डारी शनिबार विहान देखी बेपत्ता

छविलाल पाण्डे बुर्तिवाङ २०७४ भदौ १३ । ढोरपाटन नगरपालीका वडा नँ १ बुर्तिबाङमा ब्यबसाय गर्दै आएका पचास बर्षिय राम बहादुर भण्डारी गत शनिबारदेखि सम्पर्कमा छैनन । बडीगाड गाँउपालीका ९ र्दिर्लङ घर भई केहि बर्ष पहिलेदेखि बुर्तिबाङमा भण्डारी स्टोर्स किराना पसल सञ्चालन गर्दे आएका भण्डारी गत भदौ १० गते शनिबार बिहान करीब ६ बजे आफु बस्दै आएको घरदेखि ढोरपाटन नगरपालीकाको वडा नँ २ पाखुते तर्फ लागेको र सो समयदेखिनै सम्पर्क बिहीन भएको पारिवारिक श्रोतको भनाई छ । शुक्रबारसाँझ श्रीमती गोमी भण्डारीसँग भोली बिहानै राजकुततिर पसलको उधारो रकम उठाउन जान्छु भनेको र बिहान आफुउठ्दा घरमा नभएको श्रीमती भण्डारीको भनाई छ ।

सोहि दिन साँझ देखि यस क्षेत्रका बिभिन्न स्थानमा खोजी कार्य जारी राख्दा समेत हाल सम्म सम्पर्क हुन नसकेको परिवारले बताएका छन । परिवारका अनुसार बिहान सबैरै सिमसिमे पानी परीरहेको अबस्थामा, छाता आफनो पर्स पैसा, मोवाईल समेत नलगि गएका भण्डारी कहाँ जानुभयो भन्ने पत्तालगाउन सकिएको छैन ।

घरमा श्रीमान श्रीमती बिच कुनै झगडा समेत नभएको बुझिएको छ । उहाँ हराएसँगै शनिबार साँझदेखिनै बुर्तिबाङ स्थित ईलाका प्रहरी कार्यालय, बजारका ब्यबसायी युवा , अआफन्ती लगाएत सामाजिक सञ्जालबाट समेत खोजि कार्य जारी राख्दा समेत फेला पार्न नसकिएको प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *