आदर्श सञ्चार सहकारी संस्था बागलुङव्दारा मृत्यु राहत रकम प्रदान

बागलुङ, २०७४ भदौ १३ । आदर्श सञ्चार सहकारी संस्था बागलुङले सञ्चालन गरेको सामाजिक सुरक्षा तथा दैवीप्रकोप राहतकोषबाट संस्थाका शेयर सदस्य देबेन्द्र बहादुर खड्काको परिवारलाई राहत रकम प्रदान गरेको छ ।

संस्थाले आइतबार एक कार्यक्रमको आयोजना गरि मृतक परिवारलाई तत्कालिन मृत्यु राहत ५ हजार रकम हस्तान्तरण गरेको हो । संस्थाका शेयर सदस्य देबेन्द्र बहादुर खड्काका पिता टिका बहादुर खड्काकाको मृत्यु भएकाले राहत रकम स्वरुप ५ हजार परिवारका सदस्य मैया खड्कालाई संस्थाले प्रदान गरेको थियो ।

संस्थाका शेयर सदस्यका पिता टिकाबहादुर खड्काको निधन प्रति समवेदना प्रकट गर्दै संस्थाले शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्दै श्रद्धान्जली प्रकट गरेको थियो । संस्थाका सम्पुर्ण शेयर सदस्यबाट हरेक दिन १ रुपै“या संकलन गरि सदस्यका परिवारका सदस्यको मृत्यु लगायत विपत्तीमा परेको समयमा सहयोग गर्ने गरी कोष स्थापना गरेको संस्थाका संम्पादक रामबहादुर जि.सि.ले जानकारी दिए । संस्थाका सल्लाहकार मनकुमारी के.सी., उपाध्यक्ष हुमाकुमारी जि.सी, सचिव प्रेम लामिछाने, सह–सचिव ललिता थापा, कोषाध्यक्ष अनन्तबहादुर खड्का, लेखा समीती संयोयजक मिलन केसी, सञ्चालक शाति श्रेष्ठ, राजेश श्रेष्ठ लगाएतले मृतक प्रति श्रद्धाञ्जली अर्पण गरेका थिऐ ।

कार्यक्रम संस्थाका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षता र संस्थाका सम्पादक राम बहादुर जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो । मृतक टिका बहादुर खड्काको ८५ बर्षको उमेरमा निधन भएको थियो । बागलुङ नगरपालिका २ निवासी स्वर्गीय खड्काले सामाजिक क्षेत्रमा लामो समय काम गर्नु भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *