वर्षैपिच्छे करोडौँ कमाउछ कुस्मा-बलेवा यान्त्रिक पुल, चुसिँदै छन बागलुङका जनता, कुन कुनामा छ अख्तियार ?

बागलुङ २०७४ भदौ १२ । सेवाग्राहीहरुले यान्त्रिक पुलको भाडा चर्कोे भयो भनेर गुनासो गरिरहँदा कुस्मा बलेवा यान्त्रिक पुलले एक बर्षमानै झण्डै १ करोड मुनाफा गरेको सार्वजनिक गरेको छ । यान्त्रिक पुलको मुनाफा वर्षेनि बढेको छ ।

यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७३/०७४ मा ९० लाख ४७ हजार ३ सय ४७ रुपैंया मुनाफा गरेको सार्वजनिक गरेको छ । उक्त रकमको १८ प्रतिशत शेयरधनीलाई वितरण गर्ने यान्त्रिक पुल लि.ले जनाएको छ ।

पर्वतको सदरमुकाम कुस्मा बजार र बागलुङ जिल्लाको दक्षिण भेगलाई जोडेको पुलले चर्को भाडा लिएर वर्षेनि करोडौँ कमाउदै छ चुसिँदै छन बागलुङका जनता तर सर्वसाधारण जनताको ढाड सेकेर शोषण गर्दै आएको यान्त्रिक पुलको गतिविधी प्रति कतै कसैले कुनै चासो लिएको देखिदैन ।

बर्षै पिच्छे करोड करोड नाफा ? कसरी हुन्छ यसरी नाफा ? खोई कसैले चासो लिएको ? खोलामा माछा मार्न थापिएको ढडिया जस्तै बागलुङको दक्षिण भेगका हजारौँ जनताको शोषण गर्न थापिएको यो यान्त्रिक पुल बनेको छ । दक्षिण भेगका जनताले प्रश्न गर्दैछन्, किन बोल्दैनन् हाम्रा जनप्रतिनिधी ?

सेवाग्राहीको व्यापक विरोधलाई कानमा ठेड्को कोचेर बसेका सन्चालकहरुले नसुनेपनि सरोकारवाला निकायहरुले भाडा समायोजनका बारेमा किन चासो लिन्नन् ? के यान्त्रिक पुलको लक्ष प्रत्यक वर्ष बढी बढी नाफा कमाउनु मात्र हो ? गएको बर्ष एक महिना भन्दा बढी समय मर्मतका लागि यान्त्रिक पुल बन्द भएको र मर्मतमा समेत बढी रकम खर्च गर्नुपरेका कारण मुनाफा घटेको लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले चिन्ता जताउनुले त यसै कुरालाई ईँगित गरेको छ ।

हवाई जहाज नै नचल्ने बलेवा विमानस्थल सन्चालनमा सहयोग पुगेको, नारायणस्थान साइटमा रिसोट निर्माण, भैरब स्थानसम्म केबुलकार सन्चालन, कहिले काठमाडौ कालभैरबको जस्तौ मुर्ति स्थापना गर्ने जस्ता हावादरी कुरा गरेर विगत ६ वर्ष देखी सन्चालकहरुले जनातालाई दिग्भ्रमित पार्ने काम गरिरहेका छन् ।

चर्को र अस्वाभाविकरुपमा पुलको भाडा असुली नगरेको भए कसरी करोडका करोड नाफा हुन्छ ? यसरी करोडका करोड नाफा भएपछी जनहीतमा भाडा समायोेजन गर्नु सरोकारवालाहरुको जिम्मेवारी हुन आउँदैन ? कि नाफा मात्र गर्ने उद्देश्य हो ?

दुईचार हजार घुस खाएको आरोपमा अख्तियारले भ्रष्टाचारमा मुद्दा चलाउने गरेको समाचार सुनेका जनताहरु सर्वसाधारण जनतालाई रोजाना शोषण गरेर वर्षै पिच्छे करोड कमाउदै आएको यान्त्रिक पुल लिमिटेटलाई अख्तिायारको आँखाले किन देख्नैन ? कमसेकम मर्कामा परेका हजारौँ जनताका लागि केहि राहत मिलोस भन्ने सोँच राखौँ । होईन भने, अझैँ भाडा दर बढाएर वर्षेनि एक करोडमात्र किन ? दुई तीन करोड नाफा गर्न लिमिटेडलाई सहयोग गरौँ… ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *