सात सय विद्यार्थी पढ्ने शिवालय मावि, सहिखोलाको छानो चुहिदा पठनपाठनमा समस्या !

सुमन सुनार, वुर्तिवाङ २०७४ भदौ १२ । निर्माण सम्पन्न भएको १ बर्ष नबित्दै छाना चुहिने समस्याले शिवालय माध्यमिक विद्यालय, सहिखोलाको पठन पाठनमा समस्या परेको छ । ढोरपाटन नगरपालिका—५, सहिखोलामा रहेको उक्त विद्यालयको तिनकोठे भवनको छानो चुहिदा यस्तो समस्या परेको हो ।

आर्थिक बर्ष २०७२÷७३ मा जिल्ला शिक्षा कार्यालय बागलुङको रु १९ लाख ५० हजार आर्थिक सहयोगमा गत बर्ष ३ कोठे भवनको निर्माण सम्पन्न गरिएको थियो । उक्त भवनमा अहिले कक्षा ११ का ६५ जना र कक्षा १२ का ५० जना विद्यार्थीहरु अध्ययन गर्ने गर्दछन् । झरी पर्दा छानो चुहिँने समस्याले बेञ्च र भुइमा पानीको ताल नै जम्मा हुने गरेको छ । जसले गर्दा शिक्षकहरुलाई पढाउनलाई समस्या त परेको छ, त्यो सँगै आफुहरुलाई अध्ययनको समयमा असहज हुने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

त्यतीमात्र नभइ अहिले उक्त विद्यालयका अधिकांश कक्षाकोठाहरुमा पानी चुहिने समस्या छ । अन्य भवनहरु भने पुरानो भएकोले मर्मत सम्भार हुन नसक्दा समस्या परेको विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र छन्त्यालले बताए । विद्यालयको आन्तरिक कोष पनि नभएको र स्थानीय जनप्रतिनीधिहरुबाट पनि विद्यालयको भौतिक सुधारको लागि खासै पहल नगरेकोले समयमै भवन तथा कक्षाकोठा व्यवस्थापन गर्न नसकिएको उनको भनाई थियो ।

वि.सं. २०१५ सालमा स्थापना भएको उक्त विद्यालयले वि.सं. २०६७ सालबाट केही राहत दरबन्दी शिक्षकहरुकै भरमा कक्षा १२ सम्मको अध्यापन भैरहेको छ । अहिले उक्त विद्यालयमा करिब ७ सय विद्यार्थीहरु अध्ययन गर्दछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *