तीन हप्ता देखी अबरुद्ध वामीटक्सार दरमखोला जलविद्युत परियोजनाबाट विद्युत आपूर्ति सूचारु

कौरव खत्री, गुल्मी वामी, २०७४ भदौ १२ । गुल्मी वामी टक्सार दरमखोला जलविद्युत परियोजनाबाट अस्थायीरुपमा विद्युत आपूर्ति हुन थालेको छ । गत तिन हप्ता अघिदेखि बसेरीका विभिन्न ठाँउहरुमा माथिबाट खसेकोे पहिरोले परियोजनाको नहरको बाँधलाई बगाएपछि विद्युत आपूर्ति बन्द भएको थियो ।

पहिरोले बगाएर तल्लो उपल्लो दुवै परियोजनाको बाँध र नहर पुरिएपछी मुसिकोट नगरपालिकाका केहि वडाहरुमा विद्युत आपूर्ति ठप्प भएको थियो । बाँध र नहरलाई मरमत गरिएपछी अस्थायीरुपमा विद्युत आपूर्ति सुचारु गरिएको परियोजना सन्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए ।

८५ किलोवाट क्षमता भएको विद्युत परियोजना सूचारु भएसँगै नगरपालिकाको वडा नं. २,७ र ८ र छिमेकी जिल्ला बाग्लुङ्गको बडिगाड गाँउपालिकाको वडा नं.२ गरि ४ वटा वडाका झण्डै ९ सय घरधुरीका उपभोक्क्ताहरुका घरमा विजुली बलेको छ ।

विद्युत सेवा सुचारु भएपछि उद्योग धन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चारमाध्यम लगायत विद्युतीय यन्त्र समेत सञ्चालनमा आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *