काँडेवासको रिश्मी देउपुरमा टेलिकमको टावर निर्माण गर्न सर्वे

थम्मन थापा सन्देश, गल्कोट २०७४ भदौ ११ । नेपाल टेलिकम बागलुङले जिएसएम मोवाईल टावर विस्तार गर्ने भएको छ । ग्राहकलाई सञ्चारको पहॅुचमा राख्ने उद्येश्यले गलकोट नगरपालिका ९ रिश्मी देउपुरमा टावर निर्माण गर्नको लागि आज सर्भे गरिएको छ ।

नेपाल टेलिकम र स्थानियको उपस्थितीमा आगामी असोज महिनामा टावर सञ्चालनमा ल्याउने गरि सर्भे गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

जिल्लाको काँडेबास बजार, रिश्मी, छिस, दरबारा र मध्यपहाडी लोकमार्गमा मोवाईल सिग्नलको समस्यालाई मध्यनजर गरि टावर विस्तार गर्न लागिएको शर्माको भनाई थियो। अहिले त्यस क्षेत्रमा मोवाईलमा सिग्नल नआउने समस्याले ग्राहकले सास्ती खेप्दै आईरहेका छन ।

यता गलकोट नगरपालिका १ झाँक्रिस्थानमा रहेको नमस्ते मोवाईल टावरमा बडा दशैं अगावै उच्च गतिको मोवाईल ईन्टरनेट थ्रिजी सेवा थप गर्ने गरि तयारी भईरहेको जनाएको छ ।

त्यस्तै गलकोट नगरपालिका ३ हटिया बजारमा एडिएसएल ल्याण्ड लाईन टेलिफोनलाई नयाँ प्रविधिमा रुपान्तरण गर्दै थप विस्तार गर्ने तयारी भईरहेको टेलिकम बागलुङका ईन्जिनियर अमृत नेपालले बताए । उनका अनुसार हाल ९६ भ्वाईस र ४८ लाईन डाटा सुचारु रहेकोमा अब थप ९६ लाईन भ्वाईस र ४८ लाईन डाटा थप गर्ने तयारी गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *