म्याग्दीमा हँसिया प्रहार गरि सँगै कामगर्ने साथीको हत्या

म्याग्दी, २०७४ भदौ ११ । म्याग्दी जिल्लाको मंगला गाउँपालिका–२ सहश्रधारामा मालिका बोर्डिङ स्कूलमा मजदुरी गर्दै आएका ताप्लेजुङका ४७ वर्षिय सुमन खड्कालाई उनीसँगै काम गर्ने चितवन शारदा नगरका ३० वर्षिय अशोक तामाङले हँसियाले प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

खड्काको हत्या गरेका तामाङलाई ईलाका प्रहरी कार्यालय दरवाङबाट खटीएको प्रहरी टोलिले घटनास्थलबाटै नियन्त्रणमा लिएर आबश्यक अनुसंधान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

हत्या गर्नुको कारण बारे प्रहरीले केहि बताएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *