हरितालिका तीज तथा बृहस्पति युवा क्लबको तेश्रोे वार्षिकोत्सव सम्पन्न

सुमन सुनार, २०७४ भदौ ११ । निसीखोला गाउँपालिका वडा नं. ४ मा रहेको बृहस्पति युवा क्लबले हरितालिका तीज तथा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको क्लवले जनाएको छ । गत बुधबार देखि सुरु भएको उक्त कार्यक्रमको शनिबार समापन गरिएको क्लवका सचिव मिलन हमालले बताए ।

क्लवले हरितालिका तीज तथा आफ्नो तेस्रो बार्षिक उत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, महिला तथा पुरुष छेलो, तिज गीत प्रतियोगिता, बृहस्पती आईडल डान्स प्रतियोगिता, पञ्चेबाजामा मायाँलु भाका प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको थियो । साथै बयोबृद्धा नागरिक सम्मान, शैक्षिक सम्मान, युवा विद्युवा सम्मान, स्थानिय प्रतिभा सम्मान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

आयोजित प्रतियोगिताहरु अन्तर्गत खुल्ला पुरुष भलिवल प्रतियोगितामा सनराईज युवा क्लव जुग्जाखोला प्रथम भएको छ भने बृहस्पती युवा क्लव तथा आयोजक समुह द्धितिय भएको छ । यस्तै १५ जनाको सहभागिता रहेको बृहस्पती आईडल डान्स प्रतियोगितामा ऋतु दर्लामी प्रथम, सम्झना शाही व्दितिय, अनिता बुढा तृतिय भएका छन् भने प्रतिक्षा घर्ति सान्तवना पुरस्कार प्राप्त गरेकी छन् । त्यस्तै ८ जनाको सहभागीता रहेको पुरुष छेलो प्रतियोगितामा विक्रम शाही प्रथम र कृष्ण पाण्डे द्धितिय भएका छन् । उता ७ जनाको सहभागिता रहेको महिला छेलो प्रतियोगितामा मायाँ विरही प्रथम र खिम कुमारी घर्ति व्दितिय भएको क्लवले जनाएको छ ।

समापन कार्यक्रममा आयोजित प्रतियोगितात्मक कार्यक्रमहरुमा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई क्लवले नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गर्दै खादा र अविर लगाएर सम्मान गरेको छ ।

क्लवका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको समेत सहभागीता रहेको थियो ।
समापन कार्यक्रमको सञ्चालन क्लवका सदस्य थान बहादुर नेपालीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *