प्रगतिशील युवा परिवार कांक्राखोरको वार्षिकोत्सव जारी

शान्त खत्री ‘मौसम’ गल्कोट २०७४ भदौ १० ।देश विकासमा हाम्रो प्रतिबद्धता , हरेक नीति नियममा युवाहरुको सक्रिय सहभागिता भने मुल नाराका ,साथ प्रगतिशील युवा परिवार ताराखोला गाउँपालिका वार्ड नम्बर ३ कांक्राखोरको २४ औ वार्षिकोत्सब एवम् तीजी मेला ०७४ को तेस्रो दिनमा पनि खुल्ला साविकको वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगिताको पहिलो चरण खेल भएको छ ।

आज भएको खेलमा प्रगतिशील युवा परिवार आयोजक बि , माघे सक्रान्ती ब्यबस्थापन समिति पधेरखोला , देउराली युवा क्लब अ्मरभुमी कराले , शक्ति युवा क्लब हिल बगर बि , न्यु नवज्योति युवा क्लब मल्म दोस्रो चरणमा प्रवेश गरेका छन पहिलो चरणको बाकी खेल भोलि बिहान ९ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रम क्लबका अध्यक्ष कर्ण बहादुर भण्डारीको अध्यक्षता पत्रकार शान्त खत्री मौसम र क्लबको प्रथम उपाध्यक्ष सविता खत्रीको सन्चालन मा सम्पन्न भएको थियो । भलिबल प्रतियोगितामा २० समुहको सहभागिता रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *