यी हुन् शर्मिला सुनार, यो हालतमा यी किशोरी कसरी पुगिन ?

बुर्तिवाङ २०७४ भदौ १० । तीन दिन पहिले ढोरपाटन नगरपालिका ३ बुर्तिवाङको चुरेलावासमा कामको खोजी गरिरहेकी हातमा पट्टि बाँधेको र बिरामी अबस्थामा फेलापरेकी सोह्र सत्र वर्ष उमेरकी देखिने किशोरीको प्रहरीले उद्धार गरेको छ । एकदमै कमजोर अशक्त अवस्थामा रहेकी निज किशोरीका बारेमा जानकारी पाएपछी, प्रहरीले उद्धार गरी स्थानीय बुर्तिवाङ स्वास्थ्य केन्द्रमा उपचार गराएको हो ।

प्रहरीले ती किशोरीसँग सोधपुछ गर्दा आफनो नाम शर्मिला सुनार बताएकी छन् । उनले आमाको सानैमा मृत्यु भएको र बुबा आफुलाई छोडेर गएको प्रहरी समक्ष बताएको बुझिएको छ । उनले आफनो घर निसी भएको बताउदै निसी भल्कोटमा कसैको घरमा काम गर्न बसेको बताएको पनि श्रोतले भन्यो । सामान्य लेखपढ गर्न समेत नजान्ने शर्मिलाले राम्रो काम तथा सुरक्षाको खोजीमा यहासम्म आईपुगेको बताएको स्थानीयले बताएका छन् ।

तर पछिल्लो पटक उनले ढोरपाटनको मता गाउँका दिपक सुनारको घरमा काम गर्न बसेको र आफु विरामी भएपछी घरबाट निकाली दिएको प्रहरी समक्षा बताएको श्रोतले भन्यो । तर प्रहरीले ढोरपाटनमा बुझदा माथी उल्लेखित नाम गरेको व्यक्ति नभएको बताएको छ ।

बुर्तिवाङ स्वास्थ्य केन्द्र उपचार गर्न लैजादा शर्मिलाको नाडीमा सेतो पट्टी बाँधेको क्यानुला रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
शर्मिलालाई प्रहरीले अल्पकालीन सेवा केन्द्र बुर्तिवाङको जिम्मा लगाएकोमा हिँजो उनलाई अल्पकालीन सेवा केन्द्र बागलुङमा पठाईएको बुर्तिवाङ केन्द्रकी सह सचिव दिलमायाँ पौवीले बताएकी छन् । उनलाई चिन्ने कोहि आफन्त भएमा अल्पकालीन सेवा केन्द्र वा नजिकैको प्रहरी चौकीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

शर्मिला सुनारको नाडीमा बाँधिएको कपडा (पट्टी) क्यानुला भएको स्वास्थ्य केन्द्रले जानकारी दिएपछी कुन स्वास्थ्य चौकी वा औपधि पसलमा त्यो क्यानुला बनाएर स्लाईन पानी चढाएको हो, के कस्तो अवस्थामा उनलाई स्लाईन चढाउनु परेको हो भन्ने बुझ्नु जरुरी रहेको स्थानीयले बताएका छन् । शर्मिला ज्यादै अशक्त अवस्थामा भेटिनु, सुरक्षा र कामको खोजीमा बुर्तिवाङ आएको भन्नु, स्लाईन चढाउन नाडीमा क्यानुला गराईएको देखिनुले विभिन्न आशंका गर्ने ठाउँ भएकोले प्रहरीले यसतिर ध्यान दिनु आवश्यक रहेको स्थानीयले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *