बुर्तिबाङबाट काठमाडौका लागी छुटेको बस भिङगिठेको घोर्पनामा दुर्घटना !

बिमल खड्का, बुर्तिवाङ २०७४ भदौ १० । बागलुङ बुर्तिबाङबाट काठमाडौका लागी छुटेको बा ४ ख ६५ नम्बरकाु संयुक्त यातायातको बस आज भिमगिठेको घोर्पनामा दुर्घटना भएको छ । अहिले दिउँसो बुर्तिबाङबाट यात्रु लिएर काठमाडौका लागि छुटेको बस दिउसो ट्र्ली फुस्केर भिमगिठेको घोर्पनामा दुर्घटना भएको हो । बस बाटो भन्दा तल चिप्लेपनि मानवीय क्षेती नभएको बताईएको छ ।

बसमा सवार यात्रुलाई अर्को बसबाट गन्तव्य तिर पठाएको प्रत्यक्षदर्शीले बताएका छन् । बसमा जम्मा ६ जनामात्र यात्रु रहेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *