अर्नाकोटलाई बिकास सँगै पर्यटकीय स्थल बनाउन सबै लाग्नु पर्नेमा नेका क्षत्रीय सभापति कुँवरको जोड

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ भदौ १० । अर्नाकोट बराह युवा क्लबले आयोजना गरेको हरितालिका तीज बिशेष कार्यक्रम एवं क्लबको वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथी समाजसेवी,नेपाली काँग्रेस क्षेत्र नँ ३ बागलुङका क्षेत्रिय सभापती दोर्ण कुमार कुवँरले समाज रुपान्तरका लागि सबै युवाहरु अब एक स्थानमा गोलबन्ध भएर अगाडी बढनुको बिकल्प नभएको बताएका छन् ।

समाज रुपान्तरणमा नेपाली काँग्रेसले उल्लेखनीय भुमिका निर्वाह गरेको बताउँदै कुँवरले युवाहरुलाई गोलबन्द बनाउँदै गाँउ ठाँउको बिकासमा योगदान पुर्याउने पार्टी अब नेपाली काँग्रेस मात्र रहेको उल्लेख गरे ।

सँबिधान निर्माण देखि स्थानीय तहसम्मको चुनाबमा नेपाली काँग्रेसको भुमिका प्रमुख रहेको बताउँदै अबको सँबिधान सँशोधन र प्रदेश र केन्द्र तहको निर्वाचनको जिम्मा समेत काँग्रेसमा रहेको औँल्याए ।
आफुहरुले जनताको पीडा र बिकास निर्माणमा अहोरात्र खटिईरहेको बताउँदै उनले जनतालाई एकछिनको गुलियो चक्लेटमा भुलाउने समय नभएका कारण आफुले बोलेको बचन पुरा गरेरै छोड्ने प्रतिबद्धता समेत जनाए ।

आफु यसै क्षेत्रको नागरिक भएकाले आफुलाई यो क्षेत्र नमुना बनाएरै छाड्ने लक्ष्य भएका कारण सडक , खानेपानी, शिक्षा लगाएतका क्षेत्रमा महत्वपुर्ण भुमिका निभाएको चर्चा गर्दै अर्नाकोट क्षेत्रको मुहार फेर्नका निम्ती प्रर्यटकीय क्षेत्रनिर्माण सँगै जनताको सुबिधाका लागि आफुले यस बर्ष अर्नाकोट एयरपोर्ट स्थल निर्माणको सम्भावना उचित भएका कारण यसै आर्थिक बर्षमा एयरपोर्ट सर्वका लागि ४० लाख बजेट छुट्टिई सकेको र यहि मँसिरमा प्राबिधिक टोलीव्दारा सर्भे हुने जानकारी दिए ।

ढोरपाटन नगरपालिकाको वडा नँ २ खल्बाङ तल्लो अर्नाकोटमा खानेपानी चरम समस्या रहेका कारण यस आर्थिक बर्षमा २८ लाख लागतको पम्पिङ योजना, र २८ लाख लागतकै अर्काे खानेपानी योजनाका लागि बजेट बिनियोजन भएको खुलासा पनि गरे ।

कार्यक्रमका बिशिष्ठ अतिथी गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले आफुहरु जनताको प्रतिनीधि भएका कारण अबको समय जनताको हितमा लाग्ने बताउँदै राज्यले आश्वासन र कार्यक्रम धेरै ल्याएपनी आश्वासनमा मात्र सिमित हुँदा जनतालई सोँचेजती सेवा पुर्उन कठिन भएको बताए ।

त्यस्तै बिशिष्ठ अतिथी समाजसेवी प्रेमबहादुर कुवँरले बोल्दै अर्नाकोट क्षेत्र प्रर्यटकीय हिसाबले अति महत्वपुर्ण स्थल रहको र आबश्यक प्रचार प्रसार सँगै पहुँचको अभाबमा पछाडि परेको बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रिय पार्सद तथा रिपोर्टर्स क्लब गुल्मीका अध्यक्ष कौरब खत्रिले बोल्दै आबश्यक प्रर्यटीकय स्थल र सम्भाबना बोकेको क्षेत्र अर्नाकोट भएपनी आबश्यक प्रचार प्रसारको अभाबमा पछि परेको बताउँदै प्रचार प्रसारका निम्ती सञ्चारको माध्यमबाट आफुहरुले राष्ट्रिय स्तरसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नँ २ का अध्यक्ष युवराज महत, गल्कोट नगरपालिकाका वडा अध्यक्ष हेमन्त भण्डारी, गल्कोट बहुमुखी क्याम्पसका स्ववियु सभापती गुमानसिँह भण्डारी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

क्लबका बरिष्ठ सल्लाहकार लाल बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा क्लब सदस्य तथा अर्नाकोट आधारभुत बिधालय देउरालीका सहप्रध्यानाध्यापक बेग बहादुर कुवँरको स्वागत हुमन थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

त्यस्तै हिजै भएको खुल्ला पञ्चेबाजा प्रतियोगिता सम्पन्न भएको छ । दुई समुहको सहभागिता रहेकोमा खल्बाङ पञ्चेबाजा समुह ए र समुह बि क्रमश प्रथम व्दीतिय भएका हुन् । आजदेखी क्लबस्तरीय पुरुष महिला भलीबल, छेलो, लगाएतका प्रस्तुती रहने आयोजकले जनाएको छ ।

पर्यटकीय एवम ऐतिहासिक सम्भावना बोकेको क्षेत्र अर्नाकोटमा बिगत देखिनै तीजपर्वका अबसरमा बिशेष कार्यक्रम हुने गरेपनी बिगत चार बर्षदेखि अर्नाकोट बराह युवा क्लबले निरन्तर बिबिध खलकुद र साँस्कृर्तिक कार्यक्रम गर्दे आएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *