गुल्मी तम्घास देखि वलेटक्सार सम्म तीजको रौनक (तस्वीर)

प्रेम सुनार, गुल्मी, २०७४ भदौ ९ । हिजो गुल्मीको सदरमुकाम तम्घास देखि गौडाकोट, लुम्छा, श्रृंगा र वलेटकसर सम्म पुग्दा जहाँ जे देखियो त्यही दृश्य क्यामरामा कैद गरियो । दिदी वहिनीहरुद्धारा गहनामा केहि कमी देखिए पनि पहिरन र हातको मोवाईल बढि मुल्य कै देखियो । सेल्फी फेशन भई बनिरहेको प्रष्ट देख्न सकिन्थ्यो । स्कुटी चढ्न पनि महिलाहरुमा होडवाजी चलेको देख्न सकिन्थ्यो ।

मोवाईल बाहेक एक महिलाको न्युतम १० हजारको पहिरनलाई आंकलन गर्ने हो भने गौडाकोटको राजामा सहभागि दिदी वहिनीहरुले मात्रै यस तिजमा करौडौं खर्चिएको बुझ्न सकिन्थ्यो । यस हिसावले यस वर्षको तिजमा गुल्मी जिल्लामा अरवौं रुपैयाँ गहना कपडामा खर्चिएको अनुमान गर्न सकिन्छ । तीजबाट सुरु भएको यो खर्च दशै तिहार सम्म एउटै जिल्ला गुल्मीमा मात्रै कति खर्चिएला रु लेखाजोखा गर्ने कुनै निकाय भई दिए कटौती गर्ने तर्फ ध्यान जान पनि सक्थ्यो कि भन्ने लाग्छ ।

हेरौ तस्वीरमा तम्घास देखि वलेटक्सार सम्मको फेशन र तीजको रौनक
/wp-content/uploads/2017/08/IMG_20170824_151417.jpg” alt=”” width=”1600″ height=”1200″ class=”alignleft size-full wp-image-13233″ />

तीज गीतमा राज ग-यो गौडाकोट राजाले

गुल्मीको सदरमुकाम तम्घासबाट रिडी सम्मको तीजगीत नाच नियाल्दै जाँदा सवै भन्दा उत्कृष्ट र अपार भिड देखियो गौडाकोटको राजामा आयोजित तिज गित । वर्षेनी गौडाकोट न्यु दिपज्योति युवा क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने तिज गीत प्रतियोगिता मध्ये उसैको लागि पनि यस वर्षको तीज गीत कार्यक्रम अहिले सम्म कै भव्य थियो ।

१८ औं वार्षिकोत्सवको अवसरमा भदौ ४ गते देखि भलिवल प्रतियोगिताको उद्घाटन सत्रबाट सुरु भएको वार्षिकोत्सवमको समापन समारोह लगत्तै सुरु भएको तीज गीत प्रतियोगितामा विभिन्न गाउँबाट सहभागि दिदी वहिनीहरुले मौलिकता पस्कीन सफल भएका थिए । सदरमुकाम तम्घासको चिदीचौर देखि रिडी सम्मका दर्जनौं स्थानहरुमा तीज गीत कार्यक्रम भएको भए पनि तम्घास सम्मका युवा युवतीहरुको भिड राजको त्यसै कार्यक्रममा थियो । मगर समुदायको वाहुल्य रहेको साविकको गौडाकोट , विरवास यता साविकको दुविचौरका चेलीहरुको भेषभुषा परपरागत थियो ।

राजारुन्खा माध्यामिक विद्यालयको प्राङ्गाणमा आयोजित तिज गीत प्रतियोगितामा नेपाल राष्ट्रिय मगर संघका कार्यवाहक अध्यक्ष श्रीप्रसाद भलामीको प्रमुख आतिथ्यता रहेको थियो । गुल्मी दरवार गाउँपालिकाका प्रमुख अशोककुमार थापा , जिल्ला समन्व्य समितिका शाखा अधिकृत खड्गबहादुर थापा सहित दर्जनौं जनप्रतिनिधी र विभिन्न क्षेत्रका अगुवाहरुको विशेष आतिथ्यता रहेको कार्यक्रममा सहभागीहरुलाई मैदान अपर्याप्त हुँदा बन्दै गरेका छतहरु समेत अपुग भई रहेको थियो ।
भलिवल खेल तर्फ ३० हजार नगद पुरस्कार सहित प्रथम स्थान हाँसिल गर्न सफल भएको छ फ्रेण्डस युवा क्लव बडागाउँ । त्यसको नगद पुरस्कारको सौजन्य गरेका थिए साविकको गौडाकोट ४ घर भई वेलायतमा कार्यरत टोपबहादुर पल्लीले । दृतिय भएको छ ईन्द्रेणी युवा क्लव गौडाकोट–१ । उसले २० हजार नगद पुरस्कार हात पारेको छ । त्यसको शौजन्य गरेका थिए साविकको गौडाकोट ४ घर भई जापानमा कार्यरत मेयरसिंह पल्लीले ।

१० हजार नगद पुरस्कार सहित तेश्रो स्थानमा चित्त बुझाउनु प(यो आयोजक टिमले । त्यसको सौजन्य कर्ता थिए गौडाकोट ३ घर भई बुटवलमा बस्ने रोहित भुसालले । १० टिम सहभागी तिज गीत तर्फ रेसुङ्गा नगरपालिका १३ को घोर्ले युवा क्लव प्रथम स्थान हाँसिल गरेको छ । उसले १५ हजार नगद पुरस्कार प्राप्त गरेको थियो । १० हजार नगद सहित दोश्रो स्थान हाँसिल गरेको छ छत्रदेवि युवा क्लव छत्रकोट गाउँपालिकाले । ५ हजार नगद सहित तेश्रो भएको छ प्रगतिशिल युवा समुह भट्टेचौर ।

उत्कृष्ट नृत्याङक भएकी छिन रेनपा १२ घोर्लेकी गोमा तङनामी । उनले १० हजार नगद पुरस्कार पाएकी छिन् । कार्यक्रम व्यवस्थापनका लागि साविकको गौडाकोट गाविसले २५ हजार रुपैयाँ विनियोजन गरेको थियो । त्यस्र्तै गौडाकोट पुर्खेका नविन गाह, रेसुङ्गा मिनी माईक्रो यातायात व्यवस्थापन समिति र नेपाल मगर संघ गौडाकोटका अध्यक्ष भोजबहादुर पुलामीले ५ हजारका दरले सहयोग गरेका थिए भने त्यो भन्दा तलको रकम सहयोग गर्ने दर्जनौ रहेको सचिव अनित बिकले बताए । गौडाकोटलाई हरेक वर्षको तीज कार्यक्रमलाई जिल्लाकै उत्कृष्ट र भव्य बनाउन जापान र युकेमा कार्यरत गौडाकोटवासीको देन रहेको अध्यक्ष पदमबहादुर पल्लीले जानकारी गराए । क्लवका अध्यक्ष पदमबहादुर पल्लीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार दिलबहादुर खासुको स्वागत मन्तव्य र सचिव अनिल बिकको सञ्चालन रहेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *