नवनियुक्त राज्यमन्त्री खड्काको स्वागत : सहकारी अभियानलाई संस्थागत गर्दै लैजाने प्रतिवद्धता

सुमन जि.सी, बागलुङ २०७४ भदौ ९ । नवनियुक्त सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको निराकरण गरीे सहकारी अभियानलाई संस्थागत गर्दै लैजाने प्रतिवद्धता जनाएकी छन् ।

चारतारे युवा क्लव सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संयूक्त रुपमा आज गरेको स्वागत तथा बधाई कार्यक्रमका बोल्दै राज्यमन्त्री खड्काले नेपालमा अझै पनी धैरै मानिसहरु गरिवीको रेखामुनी रहेकाले यस क्षेत्रमा कार्य गर्ने आफ्नो तिव्र ईच्छा रहेको बताउदै संसदमा टेबुल भएको सहकारी ऐन छिट्टै नै पारीत हुने बताईन् ।

विस्तारित मन्त्री मण्डलमा नेपाल सरकारको सहकारी तथा गरिवी निवारण राज्यमन्त्रीमा नियुक्त भएकी खड्कालाई संस्थाका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सम्मान–पत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष पौडेलले बागलुङले सहकारी तथा गरिवी निवारण राज्य मन्त्री पाएको समयमै सहकारी ऐन पारीत हुन सकेमा इतिहास रचिने धारणा राख्दै सहकारी मार्फत गरिवी न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न तथा सहकारी क्षेत्रमा देखिएको अन्योलताको अन्त गर्नका लागि माननीय राज्य मन्त्रीज्यूको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सिवाईसी नेपालका संरक्षक वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेल, सल्लाहाकार देववहादुर श्रेष्ठ र बद्रीप्रसाद पौडेलले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न स्वागत तथा बधाई कार्यक्रमको स्वागत उपाध्यक्ष गितादेवी रेग्मी र सञ्चालन सचिव रामवहादुर के.सी.ले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *