समाज सुधार युवा क्लबले आयोजना गरेको तीजी कार्यक्रमको उद्घाटन

योगेन्द्र बिश्वकर्मा, बुर्तिबाङ २०७४ भदौ २८ । तीज पर्वको अबसरपारी समाज सुधार युवा क्लब तमानखोला गाँँउपालिका वडा न. १ ले आयोजना गरेको बिविध कार्यक्रमको आज उद्घाटन गरिएको छ ।

बिगत बर्षमा जस्तै यस वर्ष पनि तीज पर्वको अबरपारि क्लबको तेस्रो बार्षिक उत्सब मनाउने क्रममा महिला पुरुष भलिबल प्रतियोगिता तारो खेल प्रतियोगिता तीज गीत प्रतियोगिता यानिमाया प्रतियोगिता दोहोरी गीत अन्धोनिशान लगाएका प्रतियागितात्मक कार्यक्रमको आयोजना गरिएको क्लबले जानकारी दिएको छ ।

कार्यक्रमको उद्घाटन तमानखोला गाउपालिका अध्यक्ष जोगलाल बुढाले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले आफ्नो कार्यकालमा सम्पुण क्लब संघ सस्था र समुदाय सबैमिलेर समाजमा बिकास र बिस्तार गर्न सकिन्छ तेसैले सबैलाई हातेमालो गर्न अनुरोध गरेका छन् ।

उनले आफ्नो कार्यकालमा नेपाल सरकारको नितिनियमा रहेर सबै समुदायलाई बिभेद नगरी समान रुपबाट कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए ।

वडा न १ र ५ का वडा अध्यक्षहरु थम बहादुर रोका र हिरा बिश्वकर्माको बिशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेपाली कांगे्रस तमानखोला गाउपालिका संयोजक खगेन्द्रमान पुन, स्वयंसेबिका रितादेवी रोका परमेश्वर प्रा.विका प्रध्यानध्यापक भाविसरा घर्ति बुढा लगायतले मन्तब्य राखेका थिए ।

क्लबका अध्यक्ष भुमिराज घर्तिको अध्यक्षता रहेको कार्यक्रममा मेला सचिब कल्पना सिउठानीको स्वागत मन्तब्य र सञ्चालन देबेन्द्र पुनले गरेका थिए । प्रतियोगितात्मक कार्यक्रम भोलिबाट हुने क्लबले जानकारी दिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *