ताराखोलालाई नमुना गाउँपालिकाको रुपमा चिनाउने प्रमुख घर्तीको प्रतिवद्धता

शान्त खत्री ‘मौसम, गल्काृट ताराखोला २०७४ भदौ ८ । प्रगतिशील युवा परिवार ताराखोला गाउँपालिका वार्ड नम्बर ३ कांक्राखोरको २४ औ वार्षिकउत्सव एवम् तीजी मेला २०७४ को कार्यक्रम विहीवारबाट सुरु भएको छ । आज सप्पन्न खुल्ला तीज गीत प्रतियोगितामा ८ समुहको सहभागिता रहेकोमा बराहखोला आधारभूत विद्यालय प्रथम , जनाचेतना आमा समुह डोप्टा दोस्रो , र घुम्टे आमा समुह कांक्राखोर तेस्रो भएका छन ।

देश विकास हाम्रो प्रतिबद्धता हरेक नीति नियममा युवाहरुको सक्रिय सहभागिता भन्ने मुला नारा साथ सन्चालन भएको कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रकाश प्रमुख घर्तीले ताराखोला गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा चिनाउने , प्रगतिशील क्लबमा तारबार संगै भवनको मागलाई पनि छिटै सम्बोधन गर्नें , युवाहरूलाई आफ्नै ठाउँमा रोजगारीको सिर्जना गर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्य नरेश केसीले युवाहरु सामाजिक कार्यतर्फ अग्रसर भएर लाग्न आग्रह गरेका थिए । वडा नं ३ का अध्यक्ष डिल बहादुर बस्नेतले महिलाहरु राष्ट्रका उच्च पद पुगिसकेको अबस्थामा नारीहरु आफ्नो हक अधिकारको लागि चनाखो हुनु पर्ने कुरामा जोड दिएका थिए।

कार्यक्रममा ३ नं वडाका दलित महिला सदस्य तेजुमाया भण्डारी परियार , नेकपा एमाले हिल अध्यक्ष मन बहादुर लामिछाने , राष्ट्रिय जनामोर्च हिलका अध्यक्ष डम्बर थापा , सम्पूर्ण प्रयोजकहरुको तर्फबाट रिम कार्कीका भाई प्रवीण कार्की , प्रगतिशील युवा क्लबका सदस्य सागर खत्री प्रकाश, कोपिला चालिसे लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रगतिशील युवा क्लबका अध्यक्ष कर्ण बहादुर भण्डारीको अध्यक्षता सदस्य प्रतीभा सापकोटा स्वागत मन्तव्य रहेको कार्यक्रममा पत्रकार शान्त खत्री मौसम र प्रथम उपाध्यक्ष सबिता खत्रीको संचालनमा सप्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *