गृह मन्त्रालयव्दारा २० जना प्रजिअको सरुवा, बागलुङको प्रजिअमा थापा आउदै

बागलुङ २०७४ भदौ ८ । गृह मन्त्रालययले विहिवार २० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । आज गरिएको सरुवामा बागलुङमा बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई स्थानान्तरित गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी थापा यस अघि जिल्ला विकास समिति, बागलुङमा दुई पटक स्थानीय विकास अधिकारीको रुपमा कार्यरत थिए । पहिलो पटक २०६६ साल चैत १५ गते देखी २०६८ साउन १२ सम्म र त्यस्को ५ महिना पछी २०६८ पुस ३ गते देखी २०६९ बैशाख ५ गते सम्म स्थानीय विकास अधिकारीको रुपमा कार्यरत रहेका थापा बागलुङ जिल्लाबासीका चीरपरिचित व्यक्तित्व रहेका छन् ।

स्मरणीयछ, यस अघी सरुवा भै बागलुङ आएका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी हाँजिर भएको दुई महिना भै झापा जिल्लाको प्रजिअमा काज सरुवा भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *