बृहस्पति युवा क्लबको वार्षिकोत्सव/तीज कार्यक्रम सुरु: उद्घाटन भदौ ९ गते

सुमन सुनार, २०७४ भदौ ७ । निसीखोला गाउँपालिका ४ मा रहेको बृहस्पति युवा क्लबले हरितालिका तीज तथा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु आज देखि सुरु भएको छ ।

क्लवले आयोजना गरेको प्रतियोगितात्मका कार्यक्रमहरु मध्य आज पहिलो दिन खुल्ला पुरुष भलिवल प्रतियोगिता भएको छ । १६ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा आज ६ टिम खेल भएको क्लवका सचिव मिलन हमालले बताए । जस अनुसार आयोजक समुह बि, पशुपति आधारभुत विद्यालय धारखर्क, बातारण संरक्षण मञ्च बाहोरागाँउ अघिल्लो चरणमा प्रबेश गरेको सचिव हमालले बताए ।

क्लवले पुरुष भलिबल प्रतियोगिता, महिला तथा पुरुष छेलो, तिज गीत प्रतियोगिता, बृहस्पती आईडल डान्स प्रतियोगिता, पञ्चेबाजामा मायाँलु भाका प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको छ । साथै बयोबृद्धा नागरिक सम्मान, शैक्षिक सम्मान, युवा विद्युवा सम्मान, स्थानिय प्रतिभा सम्मान कार्यक्रमको समेत आयोजना गरिएको क्लवका सचिव मिलन हमालले जानकारी दिए ।

आयोजित प्रतियोगितात्मक कार्यक्रमहरु आज देखि सुरु गरिए पनि कार्यक्रमको विधिवत उद्घाटन भने यहि भदौ ९ गतेका दिन ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीबाट हुने क्लवले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *